arrow

१३औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला बैशाख ७ देखि

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
Fncan.jpeg
काठमाडौं । आउँदो बैशाख ७ गतेदेखि काठमाडौंमा अन्तराष्ट्रिय औद्योपगक मेला तथा प्रविधि प्रदर्शनी हुने भएको छ । परम्परागत रूपमा सञ्चालित नेपालका लघु घरेलु तथा साना उद्योगहरू प्रविधि प्रयोग र अन्य क्षमताका हिसाबले प्रतिस्पर्धी बन्न नसकेको ठहर गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघको अग्रसरतामा प्रदर्शनीगर्न लागिएको महासंघले जनाएको छ । 
 
यसरी आधुनिक प्रविधिको प्रयोग गर्न नसकेकै कारण यस्ता उद्योगले आकर्षक प्रतिफल दिन नसकेको ठहर पनि महासंघले गरेको छ । यसरी पुस्ता हस्तान्तरण पनि हुन नसकेर धेरैजसो उद्योगहरू रुग्ण वा बन्द भएको अवस्थामा महासंगको यो गतिविधिले सकारात्मक परिवर्तन ल्याउने टिप्पणी गरिएको छ । 
 
बैशाख ११ गतेसम्म चल्ने उक्त प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने महासंघले जनाएको छ । मेलामा प्रद्धर्शन गर्न लायकका सबै खोज, अनुसन्धान तथा आविष्कारहरूलाई प्रद्धर्शित गराउने  लक्ष्य लिईएको छ । यस पटकको मेलाको प्रमुख उद्देश्य पनि यही राखिएको छ भने छिमेकी मुलुक चीन, भारत, बंगलादेश, पाकिस्तान लगायतका मुलुकहरूमा विकास गरिएका प्रविधिहरूलाई पनि मेलामा सहभागी गराइने महासंघदे जनाएको छ । यसबाट नेपालका अनुसन्धानकर्ताहरूलाई थप ज्ञान र सीप प्राप्त हुनेछ अपेक्षा पनि महासंघले गरेको छ । मेलामा औद्योकरणका लागि उपयुक्त हुने प्रविधिका आविष्कारकहरूलाई पुरस्कृत र सम्मान गर्ने कार्यक्रम राखिएको छ । 
 
‘यो मेला औद्योगिक व्यापार मेला समेत भएको हुँदा मेलामा हाम्रा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार समेत गरिनेछ भने मुलुकको औद्योगिकरणले वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित सबै खाले उद्योगको उत्पादनलाई समावेश गरिनेछ ।
 
उद्यमी र उद्यमी, अन्वेषणकर्ता र उद्यमीबीच अन्तरक्रिया एवं छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव प्रदर्शनीका थप आकर्षण हुनेछन् ।’ बुधबार महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘यस प्रदर्शनीमा ७५ जिल्लाबाटै उद्यमीहरू एवं उपयुक्त प्रविधि प्रयोगकर्ता उद्यमीहरू, प्रविधि अन्वेषणकर्ताहरूको सहभागिता रहने प्रदर्शनीमा ३०० वटा स्टल रहनेछन् भने एक लाख भन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने महासंघले अपेक्षा गरेको छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ