arrow

विद्युत प्राधिकरणका तीन सञ्चालक हटाउने निर्णयमा कारण देखाउ आदेश

अब के हुन्छ ?

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
suprem-court.jpeg
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकहरुलाई बर्खास्त गर्ने उर्जा मन्त्रालयको निर्णयमा सर्वाैच्चले कारण देखाउ आदेश जारी गरेको छ । बुधबार बसेको प्रकाशमान सिंह राउतको एकल इजलासले सो निर्णय तत्काल कार्यान्वयन गर्न आदेश दिँदै उर्जाको नाममा कारण देखाउ आदेश जारी गरेको हो । 
 
उर्जाले पुष ४ गते प्राधिकरणका सञ्चालकहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । यसैको विरूद्ध तीनै जनाले मंगलबार सर्वाेच्चमा रिट दायर गरेका थिए । 
 
अब के हुन्छ त ? 
उर्जाले यी ३ जनालाई बर्दास्त गरी नयाँ ३ जना सञ्चालक नियुक्त पनि गरिसकेको छ । ४ गते ३ जनालाई बर्खास्त गरेको उर्जाले अर्काे ३ जना भक्तबहादुर पुन, चेतराज जोशी र उमेश थानीलाई नियुक्त पनि गरिसकेको छ । 
प्राधिकरणमा कानूनतः ३ जना भन्दा बढी सञ्चालकहरु नियुत्तः गर्न पनि मिल्दैन । यस्तो अवस्थामा के गर्छ त मन्त्रालयले ? 
 
उर्जाा न्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्तले सर्वाेच्चबाट पत्र आईसकेपछि यस विषयमा छलफल गरिने जानकारी दिए । ‘सर्वाेच्चको आदेश त पालना गर्नैपर्छ’ उनले भने ‘बर्खास्त भएकालाई पनि पुनर्नियुक्ति दिनुप¥यो भने नियुक्त भईसकेका अन्य तीनलाई कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा भने थप छलफल गरेर मन्त्रालय टुङ्गोमा पुग्छ ।’  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ