arrow

मतदान हुँदै गर्दा कुटाकुट भएपछि बझाङ चेम्बर अध्यक्ष मण्डलको जिम्मामा

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
Bajhang-hamrakura-new.jpeg
काठमाडौं । बझाङ उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वको लागि भएको निर्वाचनको क्रममा झडप हुँदा एक प्रहरी घाईते भएका छन् । बुधबार मतदान चलिरहेको बेलामा एक्कासी हुलदंगा हुँदा निर्वाचन नै स्थगित भएको छ । कूल १०५० जना मतदाता रहेको संघमा ३ सय ५६ मत असेपछि एक्कासी हुलदंगा सुरु भएको थियो । नयाँ नेतृत्वको लागि अहिलेका अध्यक्ष जगत बहादुर मल्ल र दान बहादुर सुर्मेलीबीच प्रतिस्पर्धा भईरहेको थियो । 
 
तर, बीचमा एक्कासी हुलदंगा भएपछि निर्वाचनसमितिले पनि यस्तो अवस्थामा निर्वाचन गराउन नसक्ने भन्दै निर्वाचन स्थगित गरेको घोषणा गरेको थियो । 
 
अध्यक्ष मल्लले कुनैपक्षलाई दोष दिनु भन्दा पनि दुबै पक्षबीच समझदारी हुन नसकेकोले यस्तो अवस्था सिर्जना भएको बताएका छन् । तनाव बढ्दै जाँदा ढुङ्गा हानाहान भएको थियो । आन्दोलनकारीको ढुङ्गा लागि एक प्रहरी जवानको टाउँकोबाट रगत बगेको मल्लले जानकारी दिए । 
 
अहिले पाँच सदस्यीय अध्यक्ष मण्डल गठन गरेर अहिलेको कार्य समितिलाई निवर्तमान घोषणा गरिसकिएको छ । उक्त समितिले निर्वाचन नहुन्ज्यालको लागि कार्यसमितिको का मगर्ने भएको छ । समितिमा बझाङ खेलकूदका अध्यक्ष प्रकाशजंग बहादुर सिंहको नेतृत्वमा भरत बहादुर सिंह, नरेन्द्र बहादुर खड्का, तेज बहादुर खड्का र दल बहादुर विष्ट सदस्य रहेका छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ