arrow

माल्दिभ्सविरुद्ध सावित्राको ह्याट्रिक, दर्शक चित खाए

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
ST-star.jpeg

काठमाडौं । भारतको सिलिगुढीमा जारी चौथो साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालकी सावित्रा भण्डारीले माल्दिभ्सविरुद्ध पनि ह्याट्रिक गरेकी छन् ।

कञ्चनजंघा रंगशालामा भएको समूहको दोस्रो खेलमा सावित्राले पहिलो हाफ अघि नै ह्याट्रिक पूरा गरेकी हुन् । सावित्राले १२औं, २८औ र ३९औं मिनेटमा गोल गरिन् । सावित्राको लगातार प्रहार र आकर्षक गोलले दर्शक चित खाएका छन् ।  सावित्राले माल्दिभ्सविरुद्ध ह्याट्रिकसहित ५ गाेल गरेकी छन् ।

पहिलो खेलमा नेपालले भुटानलाई ८–० ले हराउँदा सावित्राले दोहोरो ह्याट्रिक गरेकी थिइन् । उनले दुई खेलमै ११ गोल गरिसकेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ