arrow

पोषणयुक्त रैथाने बालीका परिकार प्रदर्शन

logo
प्रेम रौले,
प्रकाशित २०७३ पुष १३ बुधबार
raithane-bali.jpeg
बाजुरा । जिल्लामा रहेका पोषण युक्त तर अपहेलित रैथाने बालीको प्रवद्र्धन गर्नका लागि विभिन्न किसिमका परिकार बनाएर प्रदर्शनी गरिएको छ । जिल्ला कृषि विकास कार्यालय बाजुराले गरेको आयोजनामा फरक  फरक किसिमका परिकार राखिएका छन् ।
 
जिल्लाका स्थानियबासीहरुले रैथाने तथा पोषण तर अपहेलित बालीको महत्व र अपहेलित बालीको फाइदाका बारेमा कुनै जानकारी नहुदा उक्त प्रदर्शनी गरिएको जिल्ला कृषि विकास कार्यालय बाजुराका वरिष्ठ कृषि विकास अधिकृत राकृष्ण श्रेष्ठले बताए ।
 
उनले स्थानिय स्तरका कृषकहरुले पोषण युक्त तर अपहेलित बालीको संरक्षण,सम्वद्र्धन र प्रवद्र्धन गर्नका लागि अपहेलित बालीको विभिन्न परिकार बनाइ प्रशर्दन गरिएको बताए । सदरमुकाम मार्तडीमा होटल व्यवसायी,अन्य गाउ स्तरका होटल व्यवसायी र स्वयम सेविकाहरुलाइ तालिम दिइएको छ । उनीहरुले तालिम पश्चात सिकेका कुराहरुलाइ व्यवहारमा ल्याइ यसका बारेमा स्थानिय तहमा संरक्षण र प्रवद्र्धन गर्न सहयोग पुग्ने भएकाले तालिमको आयोजना गरी परिकार प्रदर्शन गरिएको अधिकृत डाक्टर श्रेष्ठले भने । 
 
जिल्लाको खाद्य सुरक्षाको अवस्था नाजुक भएकाले यसलाइ सुधार गर्नका लागि कार्य योजना बनाइ सकेकाले त्यहीलाइ आधार बनाएर प्रदर्शनी गरिएको बताइएको छ । जिल्ला खाद्य सुरक्षा  रणनीत बनेकाले खाद्य सुरक्षा सुधार गर्न जिल्ला कृषि विकास कार्यालय लागि परेको बागबानी अधिकृत सविता जोशीले जानकारी दिए । बुधबार  प्रदर्शन गरिएका मध्ये मार्सेको लड्डु, कागुनोको खिर,फापरको केक,कोदोको नमकिन,परठा,केक,हलुवा र मःमःका परिकार प्रदर्शन गरिएको अधिकृत जोशीले बताए ।
 
पोषणयुक्त तर अपहेलित रैथाने बालीको तालिमका लागि  जुम्लाबाट दुइ जना प्रशिक्षक ल्याइए थिए । उनीहरुले सहकारीले दिएको तालिम पश्चात परिकार बनाइएको हो । जिल्ला कृषि विकास कार्यालय बाजुराले पोषण युक्त तर अपहेलित बालीको संरक्षण,सम्वद्र्धन र प्रवद्र्धन गर्नका लागि प्रचार प्रसार गर्दै आएको छ । जिल्लामा रहेका स्थानिय स्तरका बालीहरुको सुआहारा बाजुराले पटक पटक जाउलो प्रदर्शन गर्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ