arrow

बाल यौनदूराचारीबाट राजधानीमै बालबालिका असुरक्षित, सात बालकको उद्धार

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
काठमाडौं । बाल यौन व्यवसायमा सक्रिय नेपालको एक समूहले होटलमा आउने विदेशी नागरिकलाई यौन सन्तुष्टिका लागि बालकहरु उपलब्ध गराउने गरिएको पाइएको छ । प्रहरीको। केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले गोप्प सूचनाका आधारमा ठमेलको यम्बु होटलबाट यौन दुव्र्यवहारका लागि लगिएका ७ जना बालकलाई उद्दार गरेको छ । उद्दार गरिएका बालकहरु १२ देखि १६ वर्ष उमेर समूहका रहेको प्रहरीको भनाई छ ।
 
२०७१ साल पुस ४ गते ललितपुरका १५ वर्षीय बालकलाई बालात्कार गरेको अभियोगमा क्यनाडाका नागरिक अर्नेस स्वाम्विकले अदाललतको आदेशबमोजिम कारबाही भोगिरहेका छन् । 
 
उनलाई जिल्ला अदालत ललितपुरले ७ वर्ष जेल सजाय र १० लाख रुपैयाँ क्षतिपूर्ती भराउनु पर्ने फैसला सुनाएको थियो । 
 
उनलाई पछि तत्कालिन पुनरावेदन अदालत पाटनले ७ वर्ष जेल र ३ लाख रुपैयाँ क्षतिपूर्ती भराएको थियो ।
 
यस्ता थुप्रै घटनाहरु छन्, बाल यौन दुराचारका । सहरमा बाल यौन दुव्र्यबहार गर्नेहरुको संख्या बढिरहेको छ । यसले भयावह रुप लिने खतरा पनि बढिरहेको छ । (नेपाल समाचारपत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ