arrow

शान्तिवादी राजा वीरेन्द्रको ७२ औं जन्मजयन्ती, उदार मनको प्रशंसा

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
king-birendra.jpeg
काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र शाहको ७२ औं जन्मजयन्ती उनको उदार मनको प्रशंसा गर्दै मनाइँदै छ । राजसंस्था नरहेका अवस्थामा उनको सम्झना भने सरकारले नभइ सीमित रुपमा राजावादीहरुले गर्दै आएका छन् । सामाजिक संजालमा भने वीरेन्द्रको योगदानको चर्चा गरिएका छन् । 
 
२००२ साल पुस १४ गते जन्मिएका शाहवंशका दशौं राजा वीरेन्द्रको ०५८ साल जेठ १९ गते नारायणहिटी हत्याकाण्डमा निधन भएको थियो ।
 
तत्कालीन रानी ऐश्वर्य, युवराज, दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ । यद्यपि तत्कालीन छानबिन समितिले हत्याकाण्ड युवराज दीपेन्द्र गराएको प्रतिवेदन सार्वजनिक गरेको थियो । 
 
तत्कालिन राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गर्ने गरेका थिए ।
 
नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ ।
 
हिंसालाई कहिल्यै प्राथमिकता नदिएका राजा वीरेन्द्रले माओवादीको सशस्त्र द्धन्द्धका बेलामा समेत तत्कालीन सरकारले सेनाको प्रयोग गर्न खोज्दा रोकेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ