arrow

राष्ट्रिय खेलकूद : फुटबलको स्वर्णका लागि आर्मी र सशस्त्रको भिडन्त

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
satau-ko-maskat-new-a.jpeg

काठमाडौं । सातौँ राष्ट्रिय खेलकूदको पुरुष फुटबलको स्वर्ण पदकका लागि त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ खेल्ने भएका छन् ।

विहिबार विहान भएको सडन डेथ (टाइब्रेकर)मा मध्यमाञ्चललाई ७–६ ले पराजित गर्दै आर्मीले एपीएफसँगको फाइनल भेट पक्का गरेको हो । वुधबार खेल्दा खेल्दै अँध्यारो भएपछि सडन डेथमा पुगेको खेलको नितिजा आउन सकेन ।

वुधबार धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको सेमिफाइनलको निर्धारित ९० मिनेट अतिरिक्त ३० मिनेटमा पनि दुबै टोलीबाट गोल हुन सकेन ।

टाइब्रेकरमा जानु पर्ने अवस्थासम्म आइपुग्दा झमक्क साँझ परिसकेकाले नतिजा आउन एक रात कुर्नु परेको हो । वुधबारै भएको पहिलो सेमिफाइनलमा एपीएफले पुलिसलाई २–० ले हराएर फाइनल यात्रा तय गरेको थियो । फाइनल खेल शुक्रबार हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ