arrow

कपिलवस्तुको कृष्णनगरमा भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीलाई गोली प्रहार

दुई हवल्दार घाइते

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
gun-bullet-ar.jpeg

काठमाडौं । कपिलवस्तुको कृष्णनगरको दशगजा क्षेत्रमा भारतीय भूमिबाट डुयूटी बसेका नेपाली प्रहरीमाथि गोली प्रहार भएको छ । कृष्णनगर भन्सार नजिकै ड्युटीमा बसेका प्रहरीलाई लक्षित गरी भारतीय भूमिबाट गोली प्रहार भएको कपिलबस्तु प्रहरीले जनाएको छ ।

एयर गनबाट प्रहार भएको छर्रा लागेर दुई प्रहरी हवल्दार घाइते भएका कपिलबस्तुका प्रहरी नायव उपरीक्षक प्रल्हाद अधिकारीले हाम्राकुरालाई जानकारी दिए । प्रनाउ अधिकारीले भने, ‘दशगजामा ड्युटी बसेका दुई जनालाई भारतपट्टीबाट आएको एयरगनको छर्रा लागेको छ । नजिकैको मेडिकलमा लगेर छर्रा निकालिसकिएको छ । उहाँहरु ठिक हुनुहुन्छ ।’

हवल्दार कर्णबहादुर पुनको दायाँ हातको पाखुरामा छर्रा घुसेको  र अर्का हवल्दार मोहन श्रेष्ठको दायाँ हातकै माझी औंलामा चोट लागेको प्रनाउ अधिकारीले बताए ।

दिउँसो करिब दुई बजेतिर भारत तर्फबाट गोली चलेको स्थानीयले बताएका छन् । प्रनाउ अधिकारीले भने, ‘गोली पारीबाट आएको भन्ने थाहा भयो ।  कसले चलायो भन्नेबारे भारतीय प्रहरीसँग कुरा भइसकेकाले अनुसन्धान जारी छ ।’ उनका अनुसार तस्करहरुको समूहले गोली चलाएको अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ