arrow

फुटबल : कास्य प्रहरीलाई, क्षेत्रीय टोलीको हातबाट गयो पदक

यहाँ पनि विभागियकै दबदबा

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
news-FT-st.jpeg

काठमाडौं । रातौं राष्ट्रिय खेलकूद अन्तर्गत पुरुष फुटबलको कास्य विभागिय टोली नेपाल पुलिसले जितेको छ । पाँच विकास क्षेत्र मध्ये सबै भन्दा बलियो देखिएको मध्यमाञ्चलले ४–३ को संघर्षपूर्ण हार व्यहोर्दै कास्य पदक गुमाएको हो । योसँगै पुरुष फुटबलको कुनै पनि पदक क्षेत्रीय टोलीहरुले हात लगाउन सकेनन् ।

सबै जसो प्रतिस्प्रर्धामा विभागिय टोलीहरुकै बर्चश्व रहयो । खेल जितेपछि नेपाल पुलिस क्लबका कप्तान भोला सिलवालले प्रतिस्पर्धी मध्यमाञ्चलको प्रशंसा गरे । उनले भने, ‘विभागीय टोलीहरुलाई टक्कर दिने टोली मध्यमाञ्चल मात्रै देखियो ।’ अन्तिम समय सम्म मध्यमाञ्चलले कडा प्रतिस्पर्धा गरेको छ ।’

मध्यमाञ्चलसँगको अग्रता किपरको गल्तीले जोगाउन नसकिएको सुनाउँदै भोलाले भने, ‘हामीले स्वर्ण जित्ने आशा राखेका थियौं । सानसानो कमजोरीले नै गोल खायौं ।’ धेरै ठाउँमा हामी चुक्यौं । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ