arrow

सोझालाई झुक्याएर भारत लगि यसरी हुँदो रहेछ मृगौला तस्करी

मृगौला झिकेर बेच्ने गिरोहका ३ पक्राउ

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
mirgaula-chori.jpeg

काठमाडौं । सोझा साझालाई झुक्याएर भारत लगि मृगौला बेच्ने गिरोहका तीन जना पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाकाको टोलीले मृगौला तस्करीमा संलग्न भनिएका काभ्रे महादेवस्थान–७ का विनुबहादुर तिमल्सिना, दोलखाको भिमेश्वर नगरपालिका–५का प्रकाश बस्नेत र कास्कीको दाङसिङ–५ का भीमप्रसाद न्यौपानेलाई पक्राउ गरेको हो ।

तस्करीमा संलग्न २ अझै फरार रहेका बताइएको छ । सोही गिरोहले पाँच जनाको मृगौला विक्रि गरिसकेको प्रहरीले खुलासा गरेको छ । भारतमा राम्रो कम्पनीमा काम लगाइदिन्छु भन्दै लाने, अस्पताल लगेर बेहोस पारी मृगौला झिकेर बेच्ने गरेको अपराध महाशाखाकाले जनाएको छ । पक्राउ परेकाहरुले एउटा मृगौला तीन लाख रुपैयाँसम्म बेच्ने गरेको बयान प्रहरीलाई दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ