arrow

प्राधिकरणका सिइओले सरकारले भनेकै समयमा स्पष्टिकरण दिने

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
sushil_gyawali.jpeg
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुशील ज्ञवालीले सरकारले मागेको समयमा नै स्पष्टिकरण दिने बताएका छन् । विहीबारको मन्त्रिपरिषद्ले उनलाई पीडितलाई रकम बाँड्न नसकेको, कर्मचारीसँग समन्वय गर्न नसकेको, पुनर्निर्माणको काम अघि बढाउन नसकेको लगायतका विषयमा असन्तुष्टि जनाउँदै सात दिन भित्र जवाफ माग गरेको थियने । मन्त्रिपरिषद्बाट सो व्यहोराको पत्र आएपछि ज्ञवालीले बिहीबार विज्ञप्ती जारी गर्दै तोकिएको मितिभित्रै स्पष्टिकरण दिने बताएका हुन् । 
 
बिहीबार उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण, पीडितहरुलाई रकम वितरण तथा यसका लागि काम गर्नुपर्ने निकायहरुलाई क्रियाशील तुल्याउने लगायतका कार्यहरु अघि बढिरहेको समयमा नेपाल सरकारको तर्फबाट मैले सम्पादन गरेको कार्य बारे स्पष्टिकरण माग गरिएको सम्बन्धमा उठेका सार्वजनिक जिज्ञासाहरु यथासमयमा नै प्रस्तुत हुने छ ।’ 
 
उनले स्थापनाको एक वर्षमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्ना कामहरु व्यवस्थित र योजनाबद्ध रुपमा अघि बढाएकाले त्यसका परिणामहरु एकपछि अर्काे गर्दै बाहिर आइरहेको बताएका छन् । यस्तो अवस्थामा वस्तुस्थितिको यथार्थ चित्रण सहित पेश गरिने स्पष्टिकरणले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा सम्बद्ध सरकारी निकायले गरेका तथा गर्नुपर्ने कार्यहरु, चुनौती र समस्याहरुको सम्बन्धमा थप स्पष्ट हुने तथा पुनर्निर्माण कार्यलाई अघि बढाउन थप सहयोग पुग्नेछ अपेक्षा आफूले राखेको पनि बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ