arrow

सिन्धुलीमा बसले किच्दा एकको घटना स्थलमै मृत्यु

logo
राजन परियार,
प्रकाशित २०७३ पुष १४ बिहिबार
ghatnaistal-sindhuli.jpeg
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित बसपार्कमा बसले किच्दा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । जलकन्या ४ चपौलीका अन्दाजी ३५ वर्षिय राजु आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
 
विपि यातायात सेवा सकितिको ना ४ ख ११३३ नम्वरको बसले किच्दा आचार्यको घटना स्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । घटनापछि बस चालक फरार रहेको र  खोजि कार्य भै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिए । 
 
मृतक आचार्य सिन्धुलीमाढीमा चलिरहेको सिन्धुली महोत्सव अवलोकन गर्न आएको परिवारको भनाई छ । मृतकको परिबारले १० लाख क्षतिपुर्तिको माग गरेको छन् यदि उचित क्षतिपुर्ति नदिएमा बिपी राजमार्ग अबरुद्ध गर्ने चेताबनी दिएका छन ।
 
मृतकको लास पेस्माटनको लागी जिल्ला अस्पताल सिन्धुली पठाइएको प्रहरी निरीक्षक पनेरुले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ