arrow

लडाइकैबीच भएको हो सातौं राष्ट्रिय खेलकूद,‘जात्रा’ नभनिदिनुस्

पूर्वाधारमा केही कमजोरी भए होलान्, खेलाडीकाे मनाेबल गिराएका छैनाैं : संयोजक खनाल

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
satau-ko-maskat-new-a.jpeg

काठमाडौं । दु–दुई वर्षमा हुनु पर्थ्याे । तीन पटकसम्म सर्‍याे । चौथो पटकमा खेलकूद भइ छाड्यो । राष्ट्रिय खेलकूदको पूर्वाञ्चल संस्करण फेरि पनि होला कि नहोलाकै बिचमा सुरु भयो । कुनै पनि खेल रोकिएनन् । हुनै नसकेको खेलकूद भयो । अभाव र राम्ररी तयारी  हुन नपाउँदै प्रतियोगिता भयो, यसको महत्वपूर्ण पाटो यही हो । सातौं राष्ट्रिय खेलकूद हदै फितलो भयो भन्ने टिप्पणीहरु भइरहेकैबीच प्रतियोगिता स्थलबाटै कमल खनालले हाम्राकुरासँग वेलिविस्तारमा भने, ‘कतिपय ठाउँमा हाम्रा कमि कमजोरी भएका छन् । भएका छैनन् हामी भन्दैनौं । तर, त्रुटिरहित राष्ट्रिय खेलकूद गर्नका लागि कार्यविधि, बजेट, तिथि आदी इत्यादी समयमै गर्न गराउन किन लागेनौं ? किन प्रेसर दिन सकेनौं ।’

राष्ट्रिय खेलकूद सरकारको रुचि र प्राथमिकतामा किन परेन ?  'तिमीहरु पूर्ण तयारीका साथ खेलकूद गराउ पनि त भनिएन नि हैन' सातौं राष्ट्रिय खेलकूद सचिवालय संयोजक खनालले तर्क गर्दै भने, ‘बजेटका बारेमा अन्तिम समय सम्म लड्नु पर्‍याे । हामीले सुझबुझका साथ ३४ करोडको बजेट पेश गरेका थियौं । पायौँ २८ करोड । त्यो पनि समयमा भएन । अन्तिम समयमा आएर प्रतियोगिता गर्ने कुरा भयो । अझै पनि होला कि नहोला भन्ने स्थितिमै प्रतियोगिता गर्नु परेको यथार्थ कहीँ कतै छुपेको छैन ।’

खनालले आफूहरुले सोचेको जस्तो समेत हुन नसकेकामा पछुतो माने । उनले भने, ‘हामीले जति सोचेका थियौं । त्यो समेत हुन सकेन । जे हामीले सोचेका थियौं त्यो भएन । तर, खेल रोकिएनन् । खेलाडीहरुले कीर्तिमानहरु बनाए । कसैले तोडे । यो भएन त्यो भएन भन्ने गुनासाहरु आउन नदिन सबै सारतार मिल्नु पर्दछ ।’ हामीले जे गर्न सक्यौं राम्रै गर्यौं जस्तो लाग्छ ।

जिल्लाको प्रतियोगिता लगैत्तै क्षेत्रीय प्रतियोगिताको बजेटको लडाइ गर्नु पर्यो, उनले अगाडि भने, ‘क्षेत्री प्रतियोगिता लगत्तै राष्ट्रिय प्रतियोगिता गर्नु पर्यो । भौतिक पूर्वाधारमा केही कमजोरी भए होलान् । खेलाडी र प्रशिक्षकहरुले खुलेरै खेलेका छन् । परिस्थितिलाई बुझेका छन् ।’ पूर्वाञ्चलमा पहिलो पटक गर्नु परेको थियो ।

यस्तै, संयोजक खनालले यो प्रतियोगिताको पाठले आगामी १३औं दक्षिण एसियाली खेलकूद सागको तयारी र व्यवस्थापनमा अहिले देखिनै कटिवद्ध हुनु पर्दछ–भने । पूर्वाञ्चलमा कयौं खेलाडीको कन्तविजोग भयो, खेलहरू त्रिपालमुनि खेलाइए, भारत्तोलन एउटा कार्पेट विछ्याएर गरियो, क्रिकेट त्रिपाल आछ्याएर रबरको बल खेलाइयो जस्ता कयौं कुरा सुन्न पाइए नि ! खनालले भने, ‘हो केही खेल सामान्य संरचनामा पनि खेलाइए । ती खेलाडी, प्रशिक्षककै सहमतिमा भएका हुन् ।’ सातौं राष्ट्रिय खेलकूदका धेरै खेल स्थलहरू निर्माणाधीन छन् ।

विराटनगरको वैजनाथपुरमा सुटिङ र इटहरीको रंगशालाभित्र तेक्वान्दोका खेलहरू त्रिपालमुनि खेलाइएका बताइँदैछ । अन्र्तराष्ट्रिय नियम र नेपालका खेलकूद महासंघको मापदण्डअनुसार खेल नभएको गुनासोहरु थुप्रै सुन्नमा आए ।विद्युत् पावर अटोकट नराखिएका कारण राइफल र पेस्तोलमा ग्यास भर्न अक्सिजनको सिलिन्डर प्रयोग गरिएको र हावाले त्रिपाल हल्लाउने गरेपछि निशाना तलमाथि भएको खेलाडीको गुनासो रहयो ।  

त्यतिमात्र नभई राज्यले अझैपनि कुस्ती खेललाई वेवास्ता गरेको खेलाडी र प्रशिक्षकले गुनसो गरे । पूर्वाधार नै नभएको ठाउँमा प्रतियोगिता आयोजना गरेर खेलाडीको मनोवल गिराउने काम गरेको टिप्पणी गरेका थिए, प्रशिक्षक ब्रम्हदेव यादव र राजवीर यादवले ।

कवर्ड हलमा खेलाउनुपर्ने खेल जाडो मौसममा खुल्ला आकाशमुनी खेलाएकोमा पनि आयोजक र व्यवस्थापकहरुको निकै आलोचना भयो । कुरा त्यतिमा मात्रै सिमित रहेन । खेलाडीलाई शौचालय समेतको व्यवस्था नभएको ठाउँमा खेलाएर जात्रा नै गरेको आरोप खेप्नु पर्‍याे । खेलाडीको सास्तीले बारम्बार राज्यको कार्यशैली र पद्दतीलाई प्रहार गरिरहेको थियो ।

यो अवस्था किन आयो ? जवाफमा खनालले भने, ‘राष्ट्रिय खेलकूद जस्तो विषयमा कोही एक व्यक्ति वा समूह जिम्मेवार हो भनिन्छ भने त्यो सत्य हुनै सक्दैन । राष्ट्रिय चासो भएकाले । सरकार, राज्यका सबै संयन्त्र, खेल, खेलाडी, आम नागरिक सबैको चासो हुनै पर्ने थियो । पर्छ पनि । यसलाई जात्रा भनिदिनु भएन ।’ हामी सयलमा बसेर खेलाडीको मनोलबल गिराएका पनि होइनौं । अनि पैंसा त थुप्रो खर्चिएका छन् भन्नेतिर मात्रै हामी केन्द्रित भयौं भने, भए गरेको केही देखिदैँन । यद्यपि, कुन काममा कति लागतमा बन्नु पथ्र्यो र कतिमा बन्यो वा बनेन भन्ने विषयमा पनि सबैको चासो हुनु पर्ने थियो, –खनालले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ