arrow

युवाशक्ति देशको मेरुदण्ड हुन् : नेता गुरुङ्

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ पुष १४ बिहिबार
dhanraj-gurung-news-aa.jpeg
स्याङ्जा ।  नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा साँसद धनराज गुरुङ्ले मुलुकका युवाशक्ति मेरुदण्ड भएको बताएका छन् । नेपाल तरुणदल तिनदोवाटे गाँउकार्य समितिद्धारा आयोजना गरिएको गाँउस्तरीय भलिवल प्रतियोगिता, तरुण जागरण तथा विविध साँस्कृतिक कार्यक्रमको उदघाटन गर्दै युवा नेता गुरुङले मुलुकको मेरुदण्डको रुपमा रहेका युवाशक्ति विदेशीने कार्य रोक्नुपर्नेमा जोड दिएका छन् । 
 
दैनिक हजारौको संख्यामा युवाशक्ति विदेश पलायन भएका छन् युवा नेता गुरुङ्ले भने,“युवाशक्तिको परिश्रम विदेशीका लागि बेचिनु मुलुकका लागि दुभाग्य हो ।” मुलुकले युवाशक्तिलाई मुलुकमै रोजगारको वातावरण मिलाउन पहल गर्नुपर्नेमा गुरुङ्ले जोड दिए । खेलक्षेत्र पनि युवाहरुको महत्वपूर्ण भएको भन्दै युवावीचमा एकतापनको भावना यो क्षेत्रमा प्रष्ट देखिने गुरुङ्को भनाई थियो । 
 
दलिय सहमतिका आधारमा बनेको संविधान कार्यन्वयनमा समस्या देखिएको छ नेता गुरुङ्ले भने, “संविधान संशोधनको नाममा मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइदैन ।” संविधान निमार्णमा जसरी दलिय सहमति भएको थियो संविधान संशोधन र कार्यन्वयनमा पनि सहमति खोज्नु आवश्कता छ गुरुङ्ले थपे । लामो समय संसद अवरुद्ध हुदा देशमा नीति निर्माण र अन्य कार्यहरु प्रभावित भएका छन् गुरुङ्ले भने । संसद अवरुद्ध गरेर निकास ननिस्कने भन्दै एमालेलाई संसद अवरुद्ध गर्नुभन्दा पनि सहमतिय पद्धतीको बातावरण मिलाउन आग्रह गरे । 
 
कार्यक्रममा कागे्रसका महाधिवेसन प्रतिनिधि शिवकुमार गिरी, नेपाल महिला संघ जिल्ला अध्यक्ष कल्पना तिवारी, महाधिवेसन प्रतिनिधि गुरुप्रसाद भट्टराई, तरुण नेता धु्रव खांण, पुर्व महाधिवेसन प्रतिनिधि श्यामप्रसाद भण्डारी, कागे्रसका गाउँसभापति भेकप्रसाद श्रेष्ठ, क्षेत्रिय प्रतिनिधि विष्णुमाया सारुलागयतका वक्ताहरुले युवाशक्तिलाई देशमै रोक्ने वातावरण बनाउन सरकार सगँ आग्रह गरेका थिए । बैदेशिक रोजगारीका कारण गाँउघर युवा शुन्य भएको भन्दै बोल्ने बक्ताहरुले युवालाई देशमै रोजगारको अवसरको खोजी हुनु आवश्कता रहेको औल्याएका थिए । 
 
२१ टिम सहभागिता भएको खेलमा नवसिर्जनशिल युवाक्लब रिमाल्दी प्रथम, दाङसीया युवाक्लब द्धितिय, झोल्पे युवाक्लब तृतिय र लिसरा युवाक्लब सान्वना भएका छन् । प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने समुहले क्रमशः २० हजार, १५ हजार, १० हजार, ५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तरुण गाउँ सदस्य भक्तबहादुर सारुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तरुण जिल्ला सचिव चन्द्र रानाले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ