arrow

स्कूले बच्चा बोलाएर ‘पत्रकारको हिसाव राखेको छु’ भन्दै धम्की दिने को हुन् यिनी ?

राजनीतिक कार्यक्रममा विद्यार्थीकाे दुरुपयाेग, प्रहरी रमिते

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
Akhil-krantikari2.jpeg
काठमाडौं। बिहीबार काठमाडौंको भृकुटीमण्डपमा स्कूले केटाकेटीहरुलाई अगाडी राखेर एकजनाले पत्रकारहरुलाई कडा धम्की दिएका छन्। कार्यक्रमको अगाडि गएर ठूलाठूला स्वरमा कराएका ती नेता जस्तै देखिने वक्ताले पत्रकारहरु सबैको हिसावकिताव आफूले राखेको मात्रै बताएनन् आवश्यक परे सबै देखाईदिने चेतावनी पनि दिए। 
 
उनले चेतावनी दिनुपर्ने अन्य कुनै कारण थिएन। फोटो पत्रकारहरुले उनले बोलाएका विद्यार्थीहरुको फोटो खिचेको आधारमा यस्तो धम्की दिएका हुन्। उनले त्यो धम्की दिँदैगर्दा अबोध बालबालिकाहरु त डराएहोला तर पत्रकारहरु भने अझै फोटो खिच्दै थिए।
 
उनी झनै च्याठ्ठिए ‘हामीले चाह्यौ भने यत्तिमात्रै होईन यो भन्दा धेरै विद्यार्थी सडकमा उतार्न सक्छौं।’ अनेरास्ववियू (क्रान्तिकारी)को व्यानरमा भएको सो प्रदशर्शनीमा गैरकानूनी रुपमा स्कूले बालबालिकाहरु बोलाईएको थियो। तर यस्ता धम्की दिँदैगर्दा प्रहरी पनि सुरक्षाको लागि मौन बनेर बसिरहेको थियो।
 
उनले एकैछिन धम्कीपूर्ण भाषामा भाषण त गरे। तर उनको नाम न त बोलाउँदा भनियो न त जाने बेलामा त्यहाँ बसेका पत्रकारहरु भने त्यस्तो मीठो भाषण गर्नेको नाम खोजेरै अन्तिमसम्म फोटो खिचेर बसिरहे। न त उनले हिसावकिताव सार्वजनिक गरे न त आफ्नो नाम नै।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ