arrow

खाद्य संस्थानले ५ हजार क्विन्टल धान किन्ने

गोदाममा धान पुग्ने वित्तिकै हातमा पैसा

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ पुष १४ बिहिबार
dhan-news-aa.jpeg

विराटनगर । किसानले धानको उचित मूल्य नपाएको गुनासो गरिरहेका बेला नेपाल खाद्य संस्थान अञ्चल कार्यालय विराटनगरले  सरकारले तोकेको मूल्यमा धान किन्ने भएको छ ।

कार्यालयले किसानलाई उचित मूल्य दिएर ५ हजार क्विन्टल धान किन्न लागेको हो । मोरङका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा विहिबार जिल्ला प्रसासन कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । कार्यालयले मोरङ र सुनसरीका किसानहरुको धान किन्ने जनाएको छ ।
सोना मनसुली धान २ हजार १० रुपैयाँ प्रतिक्विन्टल मूल्य तोकेको कार्यालय प्रमुख सुरेसप्रसाद ढकालले बताए । अहिले सोना मनसुली धानमात्र किन्ने गर्ने तयारी छ । सोना मनसुली धान प्रतिमन ८ सय ४ रुपैया तोकिएको छ ।

मोरङ व्यापारसंघ, किसान तथा अन्य धान खरिद विक्रि केन्द्रहरुसँग समन्वयगरी धानको मूल्य तोकिएको हो । किसानले विराटनगरस्थित कार्यालयको गोदाममा धान ल्याउनुपर्ने र त्यसको ढुवानी किसानले आफै व्यहोर्नुपर्ने कार्यालय प्रमुख ढकालको भनाई छ ।

किसानले यो वर्ष धानको उचित मूल्य नपाउँदा उतपादन लागत समेत उठेको छैन । व्यापारीहरुले अहिले साढे सात सय रुपैयाँ प्रतिमनमा धान लिने गरेका छन् । किसान कम मूल्यको मारमा परेका छन् । उचित मूल्य नपाएको अवस्थामा संस्थानले धान किन्ने निर्णय गर्दा किसानलाई केही राहत पुग्ने ढकालको भनाई छ ।

संस्थानमा धान विक्रि गर्ने किसानले तत्काल रुपैयाँ पाउने व्यवस्था मिलाइएको छ । ढकालका अनुसार संस्थानमा जनशक्तिको अभाव र सुरक्षाका कारण आफुहरु गाउँगाउँ गएर धान उठाउन नसक्ने भएकाले विक्रिका लागि कार्यालयमा रहेको गोदाममै ल्याउन पर्ने हुन्छ ।

गत अर्थिक वर्ष अञचल कार्यालय विराटनगरले किसानसँग धान किनेको थिएन । त्यो भन्दा अघिल्लो वर्ष १० हजार क्विन्टल धान किनेको  बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ