arrow

अमेरिका र रुसबीचको तिक्तता बढ्यो, अमेरिकाले ३५ रुसी कुटनीतिज्ञलाई हटायो

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
obama-putin.jpeg
ह्वाइटहाउस । अमेरिका र रुसबीचको तिक्तता बढेको छ । रुसको मस्कोमा अमेरिकी कुटनीतिज्ञलाई त्यहाँका अधिकारीले उत्पीडित गरेपछि त्यसको बदलामा अमेरिकाले रुसी ३५ कुटनीतिज्ञलाई अमेरिकाबाटै हटाएको रोयटर्सले जनाएको छ । 
 
तर बीबीसीले भने राष्ट्रपति चुनावका क्रममा अवरोध गर्न खोजेको आरोपमा बाराक ओबामा सरकारले ३५ कुटनीतिज्ञलाई अमेरिका छोड्न आदेश दिएको उल्लेख गरेको छ ।  
 
अमेरिकाले उनीहरुलाई अमेरिका छाड्न ७२ घण्टे समयसमेत दिएको छ ।
 
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्बन्ध घनिष्ट भएको संकेत आइरहेका बेलामा ह्वाइटहाउसबाट भएको यो निर्णयलाई भने निकै अर्थपूर्ण तरीकाले हेरिएको छ । 
 
ट्रम्पले सत्ता सम्हाल्नुअघि बाराक ओबामा सरकारले यो निर्णय लिएपछिको अवस्थाबारे भने रुसले समय आएपछि उचित जवाफ दिने प्रतिक्रिया जनाएको छ । रुसी सरकारका प्रवक्ताले समयको प्रतिक्षा गर्नसमेत सल्लाह दिएका छन् । 
 
अमेरिका र रुसको यो आपसी असमझदारीले भने विश्वलाई नै असर पुग्ने आँकलन गर्न थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ