arrow

रोनाल्डोलाई अहिलेसम्मकै ठूलो अफर

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
Ronaldo.jpeg
मड्रिड । स्पेनी फुटबल क्लव रियल मड्रिडबाट व्यवसायीक फुटबल खेल्दै आइरहेका पोर्चुगलका फुटबलका स्टार क्रिष्टियानो रोनाल्डो अहिलेसम्मकै सर्वाधिक पारिश्रमिक लिने खेलाडी बन्ने देखिएको छ । उनलाई एक चिनियाँ सुपर लिग क्लवले अहिलेसम्मकै सबैभन्दा बढी रकमको अफर गरेको हो । 
 
उनलाई विश्वकै सबैभन्दा बढी दुई सय ६० मिलियन पाउण्डको अफर गरिएको हो । क्लवको नाम नखुलाइए पनि रोनाल्डोलाई हप्ताको १.६ मिलियन पाउण्ड दिनेसमेत जनाइएको छ । 
 
चिनियाँ क्लवहरु पछिल्लो समय निकै महंगो रकम खर्चन तयार देखिएका छन् । रोनाल्डोका एजेन्ट जर्ज मेन्डिसले ठूलो अफर आएको स्वीकार्दै ३१ वर्षीय रोनाल्डोले यसबारेमा सोच्नसक्ने जनाएका छन् । 
 
रियल मड्रिडलाई सम्झौताअघि नै छोड्नका लागि यति ठूलो रकमको अफर आएको पनि मेन्डिसले बताएका छन् । चार पटकका बेलोन डे’ओर बिजेता रोनाल्डोले भने पैसाको पछि नलाग्ने भन्दै पैसा नै ठूलो नभएको बताउँदै आएका छन् । 
 
मेन्डिसले इटालीको स्काइ स्पोर्टससंगको कुराकानीमा भने चीनले जतिसुकै ठूलो अफर गरे पनि पैसामात्र सबै चिज नभएकाले रोनाल्डोका लागि स्पेनी क्लव नै जीवन भएको प्रतिक्रिया दिएका छन् ।
 
उनले रोनाल्डोलाई चिनियाँ क्लवले यति ठूलो अफर दिनु ठूलो कुरा नभएकोसमेत बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ