arrow

सातौं राष्ट्रिय खेलकुद समापन हुँदै, प्रधानमन्त्रीको सट्टा उपराष्ट्रपति

अबको यात्रा पोखरातिर

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
7th-national-games.jpeg
धरान । पूर्वाञ्त्रलमा भइरहेको सातौं राष्ट्रिय खेलकुदको समापन शुक्रबार हुँदैछ । समापनका लागि उपराष्ट्रपति नन्दबहादुर पुन जाँदैछन् । धरान रंगशालामा हुने समापनका लागि यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने कार्यक्रम थियो । 
 
राजनीतिक अस्थिरता अनि सभामुख ओनसरी घर्तीले उपत्यका नछोड्न दिएको अल्टिमेटमले पनि पुनलाई अवसर मिलेको हो । 
 
अन्तिम दिन धरान रंगशालामा १२ः३७ मा फुटबल फाइनल हुनेछ  । फाइनलमा त्रिभुवन आर्मी र सशस्त्र प्रहरी भिड्दै छन् । यो खेलपछि कार्यक्रमको समापन हुने कार्यक्रम समारोह समिति सचिव कुलबहादुर थापाले जानकारी दिए । 
 
थापाले हाम्राकुरासंग भने, ‘आज विशेष अन्य कार्यक्रम छैन, फुटबल सकिएपछि नेपाली सेनाले खुकुरी ड्रिल प्रस्तुत गर्दैछ, त्यसपछि विद्यार्थीहरुको नृत्य हुने कार्यक्रम छ, एउटा विकास क्षेत्रले पनि आफ्नो कौशल प्रस्तुत गर्ने सम्भावना छ ।’
 
उनले अब सहरको हिसाबले पोखराको पालो भएकाले पनि पश्चिमाञ्चलले केही तयारी गरेको हुन सक्ने बताए । 
 
तर मुलुक संघीयतामा जाँदै गर्दा पनि भागबण्डा कता पुग्ने भन्नेमा चाँसो छ । 
 
अन्तिम दिन पुरुष क्रिकेटको फाइनल पनि हुँदैछ । फाइनलमा सशस्त्र र आर्मी नै भिड्दै छन् । 
 
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरको सहिद स्मृति रंगशालाबाट उद्घाटन गरेपछि सुरु भएको बृहत खेलकुद धरानमा समापन हुन लागेको हो । तीन विभागीय र पाँच विकास क्षेत्रले भाग लिएको आठ दिने सातौं राष्ट्रिय खेलकुदमा सेना सबैभन्दा अब्बल सावित भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ