arrow

नेपाली अर्थतन्त्रमा ‘निरोबृत्ति’को असर

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ पुष १५ शुक्रबार
Nero-678191.jpeg
काठमाडौ । ‘रोम जलिरहेछ, निरोहरू बाँसुरी बजाईरहेछन्’ भन्ने विश्व चर्चित् उखान एवं मिथकले रोमका एक आदिबासी समुदायको प्रबृत्ति र उनीहरूको आफ्नो एकसुरेपनको चित्रण गरेको छ । ‘निरो’ रोम राज्यको एउटा आदिबासी समुदाय हो । उनीहरूकोपुर्ख्यौली पेशा नै बाँसुरी बजाउने भएकोले उनीहरू रोमले नयाँ क्रान्तिको सुरूवात गर्दा अर्थात् रोम राज्यले विकासको काँचुली फेर्नको लागि क्रान्तिको सुरूवात गर्दाको समयमा समेत बाँसुरी बजाईरहेका थिए भन्ने विषयलाई यो मिथकले जोड्न खोजेको हो । भनिन्छ, उनीहरू रोम जलिरहेको बेलामा पनि त्यसतर्फ कुनै प्रतिक्रिया नजनाई आफ्नै एकसुरेपनमा बाँसुरी बजाईरहेका थिए ।नेपाली राजनीति अहिले त्यस्तै एकसुरेपनले ग्रसित भएको छ, जसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रले बेहोरिरहेको छ ।
 
एक्काइसौं शताब्दीको प्रतिस्पर्धी युगमा आर्थिक समुन्नती र आर्थिक विकासको फड्को मार्नुपर्ने बेलामा नेपाली राजनीतिमा भने एक अर्काबीचको खिचातानी र व्यक्तिगत स्वार्थले प्रश्रय पाईरहँदा अर्थतन्त्रले भने संकृचित भएर अघि बढ्नुपरेको छ । हामीले सिङ्गापुरको विकास हेरेर पाठसिक्नसक्छौं तर लि क्वान यू को अवधारणाको अनुशरण गर्ने कसले ?त्यसो त अर्काको सिको सिकेर नै अगाडि बढ्न सकिछ भन्ने पनि केही होईन तर पनि स्पष्ट मार्गदर्शन, चेतना र इमान्दारिताको अभावले गर्दा नेपाली राजनीति सधैंभरी अस्वस्थ प्रतिस्पर्धाको कारणले अहिलेसम्मपनि नेपाली राजनीति व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न सकेको देखिँदैन ।
 
संयुक्त राष्ट्रसंघमा आफ्नो विकासको लक्ष्य प्रस्तुत गर्दै समुहगत ढङ्गले छुट्टाउँदा अल्पविकसित राष्ट्र(एलडीसी)को समूहमा परेको नेपाल अबको ६ वर्षसम्मको समयाबधिमा आफ्नो स्तरोन्नतीको लागि प्रतिवद्धता गरिसकेको छ । आफ्नो प्रतिवद्धता अनुसार नेपालले २०२२ साल सम्ममा विकामसशील राष्ट्रबन्नको लागि तीनवटा सूचकाँकको सुधार आवश्यक रहेको छ । 
 
नेपालले कम्तिमा पनिअल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्र बन्नको लागि सम्पत्ति सूचक (ह्युमन एसेट इण्डेक्स), राष्ट्रिय आय सूचक (ग्रस नेशनल इन्कम इण्डेक्स) र आर्थिक जोखीम सूचक (इकोनमिक रेबिलिटी इण्डेक्स)मा निश्चित मापदण्ड पु¥याउनु आवश्यक रहेको छ । जबकी यो सूचक प्रत्ये वर्षमा परिमार्जनसँगै बृद्धि पनि हुँदै जाने गर्दछ । अहिले रहेका अल्पविकसित राष्ट्रहरू पनि यही निश्चित सूचकाँक हाँसिल गर्न नसकेका मुलुकहरू हुन् भने आर्थिक हिसावले जोखिममा रहेका यी मुलुक नै विश्वमा सबैभन्दा बढी समस्या भोग्ने मुलुकहरूमा पर्दछन् । 
 
कस्तो बृद्धिदर आवश्यक छ विकासशीलको लागि 
नेपालले २०२२ सालसम्म विकासशील राष्ट्रबन्ने लक्ष्य लिएको भएपनि अर्थविद्हरू यो लक्ष्य पूरा गर्न नेपाल यही गतिमा अघि बढ्ने हो भने इक दशक लाग्ने अनुमाग गर्छन् । तर, भूकम्प अगाडिको राष्ट्रिय ययोजना आयोगको तथ्याङ्कले भने लक्षित समय भन्दा अगाडि नै नेपालले विकासशीलको लक्ष्य पूरा गर्ने तथ्याङ्क अगाडि सारेको थियो । 
 
तर भूकम्पको असरले गर्दा अर्थतन्त्रमा नकारात्मक असर परेको र नाकाबन्द्यीले समेत यसलाई तहसनहस बनाएकोले योजना आयोगको लक्ष्य पूरा हुने देखिँदैन । बरू अर्थबिद्हरूकै विश्लेषणसँग लक्ष्य पूरा गर्ने अवधिको मेल खाने देखिन्छ । भूकम् अगाडिको अवस्थामा योजना आयोगको आकलन अनुसार आर्थिक जोखिम सूचकांकमा ३२ अंक प्राप्त गर्नुपर्ने देखिन्छ । 
 
जुन भूकम्प अगाडि २७ दशमलव ८५ प्रतिशत मात्रै रहेको थियो । त्यस्तैगरी मानबीय सम्पीत्त सूचकांकमा नेपालले ६६ अंक प्राप्त गर्नुपर्ने देखिन्छ भने प्रतिव्यत्तिः आय ११९० डलर भन्दा माथि हुनुपर्ने छ । अबको आठबर्षमा यो १४०० भनदा माथि पुग्ने अर्थविद्हरू बताउँछन् । यी दुई सूचकहरूमध्ये नेपालले आर्थिक जोखिम सूचकांकले जलवायु परिवर्तनका कारण हुने आर्थिक सम्बन्ध जस्ता विषयहरूलाई समेटेको हुन्छ । 
 
त्यस्तै, मानव सम्पत्ति सूचकांक छ त्यो भने जुन शिक्षा, मानव संसाधनको क्षमता आदि हेरिन्छ । यी तीनमध्ये दुईवटा सूचकमा लक्ष्य प्राप्ति गरेको खण्डमा नेपाल पनि अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नती हुन सक्दछ । 
 
समस्या राजनीतिमै 
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक इश्वरी प्रसाद घिमिरे भन्छन् ‘नेपाली उत्पादन र नेपाली अर्थतन्त्रतर्फ राजनीतिक नेतृत्वको ध्यान नजाँदा अहिले नेपालले भोगिरहेको समस्या सिर्जना भएको छ ।’ नेपालले व्यापार तथा पारबाहन सम्बन्धि विभिन्न सन्धिहरू पनि गरिरहेकै छ । हामीले गरिरहेका विभिन्न किसिमका सन्धिसम्झौताहरू अहिले सक्रिय बन्नुपर्ने बेलामा मौन समर्थन जनाइरहेका छन् । 
 
अहिले पछिल्लो समय आएर साफ्टा, विमस्टेक, सार्क नै किन नहोस् यी सबै सन्धिहरूले कसरी काम गरिरहेका छन् भनेर पुनर्मूल्याङ्याङ्कन गर्ने बेला भएको भनेर पनि आवाजहरू उठ्ने गरेका छन् । एकातिर नेपालको व्यापार घाटाले सगरमाथा नाघ्ने बेला भईसक्यो अर्को तर्फ हाम्रा राजनीतिक दलहरूमा भने सत्ता लिप्साको भावना हट्न सकेको देखिँदैन । 
 
जसरी रोमका निरो समुदायका शासकहरूले आफ्नो बाँसुरी बजाउने प्रवृत्ति रोम जलिरहँदा पनि छाडेका थिएनन् । त्यसरी नै नेपाली राजनीतिक दलहरू पनि नेपाल जलिरहँदा र नेपाली अर्थतन्त्र जलिरहँदा समेत पनि त्यसतर्फ ध्यान नदिने ‘निरोबृत्ति’ले आज नेपालले चरम संकट बेहोरिरहनु परेको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ