arrow

टेष्ट क्रिकेट: पाकिस्तान सम्हालिन नसक्दा अष्ट्रेलिया बिजयी, श्रृखंला पनि कब्जा

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
Aus_Pak_Test.jpeg
काठमाडौं। पाकिस्तान बिरुद्धको दोस्रो टेष्टमा अष्ट्रेलियाले रोमाञ्चक जीत हात पारेको छ। पाँचौं दिनको खेलमा पाकिस्तानलाई दुई सेसनमा अल आउट गर्दै अष्ट्रेलिया १ पारी र १८ रनले बिजयी भएको हो। 
 
टस जितेर पहिले ब्याटीङ गरेको पाकिस्तानले आफ्नो पहिलो पारीमा ४४३ रनमा ९ विकेट गुमाउँदा आफ्नो पारी घोषित गरेको थियो। पाकिस्तानका अजहर अलीले २०५ रन आउट नभई बनाएका थिए। त्यसैगरि शोहेल खानले ६५ रन र आसाद साफिकले ५० रनको योगदान दिएका थिए। 
 
अष्ट्रेलियाका जोश हेजलवुड र ज्याक्सन बर्डले ३-३ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटीङ गर्न ओर्लेको अष्ट्रेलियाले ८ विकेटको क्षतीमा ६२४ रन बनाएर पारी घोषित गरेको थियो। अष्ट्रेलियाकाालगि कप्तान स्टिव स्मिथले १६५* रन बनाएका थिए भने डेविड वार्नरले १४४ रनको योगदान दिएका थिए।त्यसैगरि उसमान ख्वाजाले ९७ रन बानउँदा मिचेल स्टार्कले ८४ रन बनाएका थिए। 
 
पाकिस्तानका सोहेल खान र याशीर शाहले ३-३ विकेट लिएका थिए। 
 
बर्षाले प्रभावित खेलमा अष्ट्रेलियाले कसिलो बलिङ गर्दै पाकिस्तानलाई दोस्रो पारीमा अलआउट गर्दै जित हात पारेको थियो। लगभग ७० ओभर पाकिस्तानले खेल्न नसक्दा टेष्ट बराबर गर्न सकेन। 
 
पाकसि्तान ५३.२ ओभरमा १६३ रनमा समेटिएको थियो। उसकालागि अजहर अली र सर्फराज अहमदले ४३-४३ रनको योगदान गरेका थिए। अष्ट्रेलियाकालगि मिचेल स्टार्कले ४ विकेट लिएका थिए भने नथान ल्योनले ३ विकेट हात पारेका थिए। 
 
अष्ट्रेलियाका कप्तान स्टिव स्मिथ प्लेयर अफ म्याच घोषित भएका थिए। ३ टेष्टको श्रृखंलामा अष्ट्रेलियाले २-०को अग्रता लिंदै श्रृखंला आफ्नो पक्षमा पारेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ