arrow

विद्यार्थीले जुटाए मृगौला पीडितका लागि डेढ लाख

वृत्तचित्रबाट उठेको रकम मृगौला पीडितलाई

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
mirgaulapidit-.jpeg
काठमाडौं । दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारका लागि आर्थिक अभाव झेलिरहेका गुल्मीका सूर्य घिमिरेलाई विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । काठमाडौं उपत्यकाका प्राविधिक क्याम्पसका नेपाल विद्यार्थी संघ ईकाई सभापतिहरुले संयुक्त रुपमा वृत्तचित्र दर्शनी गरेर उठेको १ लाख ५० हजार रुपैयाँ पीडित घिमिरेलाई हस्तान्तरण गरेका हुन् ।
 
कार्यक्रम संयोजक एवं नेविसंघ नेता सुमधुर बरालले विद्यार्थीहरुले आफ्नो फजुल खर्च बचाएर मृगौला रोगीलाई बचाउन सहयोग गरेको बताए । जीवन भट्टराईद्वारा निर्देशित शिक्षाको खोजी नामक वृत्तचित्र प्रदर्शन गरेर टिकटवापत उठेको रकम सहयोग गरिएको बरालले जानकारी दिए ।
 
मृगौलाको ट्रान्सप्लान्ट गराउन पैसा अभाव भएपछि प्राविधिक क्याम्पका विद्यार्थीहरुले उपचारका लागि सहयोग अभियान सञ्चालन गरेका हु । ग्लोबल आइएमई बैंकको खाता नम्बर ०८०७०१००१०२९ मा पैसा जम्मा गरेर पीडितलाइ सहयोग गर्न सकिने विद्यार्थी नेता शिव भट्टराईले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ