arrow

अमेरिकाको क्यालिफोर्नियामा गायक नरेन्द्र प्यासी सम्मानित

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
NRN-Californiya.jpeg

काठमाडौं । क्रिसमस तथा अँग्रेजी नयाँ वर्षको अवसरमा अमेरिकाको क्यालिफोर्नियामा भएको एक कार्यक्रममा गायक नरेन्द्र प्यासी सम्मानित भएका छन् । क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीले गरेको कार्यक्रममा सुमधुर स्वरका धनी गायक नरेन्द्र प्यासीलाई सम्मान गरिएको एनआरएन क्यालिफोर्निया च्याप्टरले जनाएको छ ।

उक्त शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाली काँग्रेस गोरखाका पार्टी सचिव नन्द प्रसाद न्यौपानेलाई बोलाईएको थियो । कार्यक्रममा न्यौपानेले प्यासीलाई सम्मान गरेका हुन् ।

त्यस्तै कार्यक्रममा कार्यक्रमका अध्यक्ष समेत रहेका उत्तम कार्की, मणि पनेरु तथा एनआरएन क्यालिफोर्निया शाखाका अध्यक्ष पूर्ण वानियाँ लगायतले मन्तव्य दिँदै गायक प्यासीको गायन कलाको प्रशंशा गरेका थिए । उनको गायनबाट नेपाली संगीतको स्तरसमेत धेरै माथि उठेको भन्दै उनीहरुले गायक प्यासीलाई सम्मान गरेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ