arrow

क्रिकेट: पहिलो टेष्टमा श्रीलंकालाई हराउँदै दक्षिण अफ्रिका श्रृखंलामा अगाडी

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
SA_SL_Test.jpeg
काठमाडौं। आफ्नो घरेलु मैदानमा दक्षिण अफ्रिकाले  श्रीलंकालाई पहिलो टेष्टमा २०६ रनले पराजित गरेको छ। तीन टेष्टको श्रृखंलामा अफ्रिकाले १-०को अग्रता लिएको छ। 
 
पहिले ब्याटीङ गरेको अफ्रिकाले आफ्नो पहिलो पारीमा २८६ रन बनाएको थियो। उसकालागि जेपी डुमीनीले ६३ रन बनाएका थिए भने स्टेफन कुकले ५९ रनको योगदान दिएका थिए। श्रीलंकाकालागि सुरंगा लकमलले ५ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटीङ गर्न ओर्लेको श्रीलंका २०५ रनमा समेटिएको थियो। उसकालागि धनन्जय डिसिल्वाले ४३ रन बनाएका थिए भने कप्तान एन्जेलो म्याथ्युजले ३९ रनको योगदान दिएका थिए। अफ्रिकाका भेरनन् फिलाण्डरले ५ विकेट लिएका थिए भने कायल एबोटले ३ विकेट हात पारेका थिए। 
 
आफ्नो दोस्रो पारीमा अफ्रिकाले ६ विकेटको नोक्सानीमा ४०६ रन बनाउँदै पारी घोषित गरेको थियो। प्रारम्भिक ब्याट्सम्यान स्टेफन कुकले ११७ रनको शतकीय पारी खेलेका थिए। त्यसैगरि कप्तान फाप्लु डुप्लेसीले ६७ र क्विण्टन डेककले ६९ रनको योगदान दिएका थिए। 
 
आफ्नो दोस्रो पारीमा राम्रो शुरुवात गरेको श्रीलंका २८१ रनमा समेटिएको थियो। अफ्रिकाकालागि कागिसो रबाडा र केशव महाराजले ३-३ विकेट लिएका थिए। २२४ रन बानउँदा ४ विकेट मात्र गुमाएको श्रीलंका त्यसपछि सम्हालिन सकेन र २८१मा सबै विकेट गुमाउन पुगेको थियो। 
 
श्रीलंकाकालागि कप्तान एन्जेलो म्याथ्युजले ५९ र कुसल मेण्डीसले ५८ रन बनाएका थिए।
 
खेलका प्लेयर अफ म्याच स्टेफन कुक घोषित भएका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ