arrow

सोनाक्षीले किन रोजिन् धेरै नायिकासँग नाम जोडिएका विवादित बन्टीलाई

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
sonakshi_engagement_1_148.jpeg
एजेन्सी । भारतीय संचारमाध्यमका अनुसार बलिउड अभिनेत्री सोनाक्षी  सिन्हा २०१७ मा इन्गेजमेन्ट गर्दै छिन् । सोनाक्षी २०१२ देखि  बन्टी सजदेहसँग डेटमा रहेको बताइएको छ । 
 
बन्टी विवाहित पुरुष हुन् । उनले सन् २००९ मा अंबिका चौहानसँग गोवामा विवाह गरेका थिए । सो विवाहमा सलमान खान पुगेका थिए ।  बंटी, अंबिकासँगको ४ बर्ष लामो बसाइपछि सम्बन्ध बिच्छेद गरेका थिए  । 
 
सोनाक्षी सिन्हा र कथित प्रमि बंटी सजदेह विवाहको चर्चा चौतर्फि हुन थाले पनि विवाह कहिले हुने निश्चित  छैन । तर उनिहरुको इन्गेजमेन्ट भने २०१७ कै फेब्रुवरीमै हुने दावि गरिएको छ । साथै सो कार्यक्रम प्राइवेट सेरेमनी हुनेछ ।
 
बन्टी, सोहेल खानको श्रीमति सीमा सचदेवका भाइ हुन् । सोनाक्षी भन्दा पहिला  बन्टीको नाम सुष्मिता सेन, दीया मिर्जा, नेहा धूपिया, समीरा रेड्डी जस्ता अभिनेत्रिसँग जोडिएको थियो । 
 
सोनाक्षी र बन्टी आफ्नो परिवारसँग धेरै कार्यक्रममा एकै साथ देखिने गरेपनि उनिहरुले आफु सम्बन्धमा रहेको भने स्विकार गरेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ