एजेन्सी । भारतीय संचारमाध्यमका अनुसार बलिउड अभिनेत्री सोनाक्षी सिन्हा २०१७ मा इन्गेजमेन्ट गर्दै छिन् । सोनाक्षी २०१२ देखि बन्टी सजदेहसँग डेटमा रहेको बताइएको छ ।
बन्टी विवाहित पुरुष हुन् । उनले सन् २००९ मा अंबिका चौहानसँग गोवामा विवाह गरेका थिए । सो विवाहमा सलमान खान पुगेका थिए । बंटी, अंबिकासँगको ४ बर्ष लामो बसाइपछि सम्बन्ध बिच्छेद गरेका थिए ।
सोनाक्षी सिन्हा र कथित प्रमि बंटी सजदेह विवाहको चर्चा चौतर्फि हुन थाले पनि विवाह कहिले हुने निश्चित छैन । तर उनिहरुको इन्गेजमेन्ट भने २०१७ कै फेब्रुवरीमै हुने दावि गरिएको छ । साथै सो कार्यक्रम प्राइवेट सेरेमनी हुनेछ ।
बन्टी, सोहेल खानको श्रीमति सीमा सचदेवका भाइ हुन् । सोनाक्षी भन्दा पहिला बन्टीको नाम सुष्मिता सेन, दीया मिर्जा, नेहा धूपिया, समीरा रेड्डी जस्ता अभिनेत्रिसँग जोडिएको थियो ।
सोनाक्षी र बन्टी आफ्नो परिवारसँग धेरै कार्यक्रममा एकै साथ देखिने गरेपनि उनिहरुले आफु सम्बन्धमा रहेको भने स्विकार गरेका छैनन् ।