arrow

पुटिनलाई ट्रम्प भरोषा : ट्रम्पको प्रतिक्रिया नआएसम्म अमेरिकी कूटनीतिज्ञलार्इ देश निकाला नगर्ने

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
putin.jpg.jpeg

काठमाडौं । रुसि राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रिया नआएसम्म कसैलाई पनि देश निकाला नगर्ने प्रतिक्रिया दिएका छन् ।

शुक्रबार अमेरिकी राष्ट्रपति कार्यालयले अमेरिकाको निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोपमा ३५ जना कूटनीतिज्ञलाई देशनिकाला गरेकोमा शुक्रबार दिउँसो रसियाका विदेश मन्त्रीले पनि देश निकाला गर्न पुटिनसँग आग्रह गरेका थिए ।

जवाफमा पुटिनले रसिया विश्वमा कसैसँग नझुक्ने तर यस विषयमा भने अबको राष्ट्रपति डोनाल्ड ट्रम्प रहेकोले उनको प्रतिक्रिया कुर्ने बताएको बिबिसीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ