arrow

चार सय गाडी अट्ने न्यूरोडमा यस्तो बन्नेछ स्वचालित पार्किङ( भिडियो सहित )

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
autostadt01.jpeg
काठमाडौँ। नयाँ सडकमा निर्माण गर्न लागिएको एकै पटकमा चार सय गाडी अट्ने स्वचालित कार पार्किङका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । 
 
व्यापारिक केन्द्र नयाँ सडक क्षेत्रको भिड तथा पार्किङको समस्यालाई दृष्टिगत गर्दै यस्तो पार्किङ स्थल बनाउन लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी गराए । अध्ययनको जिम्मा युनिभर्सल होल्डिङ नेपालले पाएको छ । 
 
अध्ययन पूरा गरेपछि कापमाले निर्माणको काम सुरु गर्नेछ । पार्किङ निर्माण गरेसँगै सडकमा हुने ट्राफिक चाप व्यवस्थापन गर्न ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ । पाँच तला रहने सो पार्किङ स्थल बनाउन करिब रु एक अर्ब लगानी लाग्ने अनुमान छ । उक्त भवनमा दुई तलाको भूमिगत पार्किङ समेत हुनेछ । 
 
सार्वजनिक निजी साझेदारीका ढाँचामा नयाँ सडक, पिपलबोट नजिक रहेको महानगरपालिकाको जग्गामा उक्त पार्किङ स्थल बनाइने छ । 
 
मुख्य द्वारबाट गाडी छिराएर चालकले एउटा कार्ड लिई पार्किङ स्थल हेरी लिफ्टमा पठाउनुपर्छ । त्यसपछि आफूले पार्किङ गर्न चाहेको अथवा खाली ठाउँ हेरी नं थिचेपछि लिफ्टबाट नै तलमाथि गर्न सकिन्छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ