arrow

सेल्फीले लियो ज्यान

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
salfies.jpeg
इलाम। मेची राजमार्गअन्तर्गत कोल्बुङ–२ मा सेल्फी खिंच्दै गरेका फिदिम नगरपालिका–१ का विशाल सम्वाहाम्फेको शुक्रबार साँझ बसको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको छ । 
 
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काका अनुसार फिक्कलबाट बिर्तामोडतर्फ आउँदै गरेको को १ ख ३५६१ नंको बसले कोल्बुङ, सानो पाथीभरा नजिकै सेल्फी खिंच्दै गरेका पाँचथरका सम्बाहाम्फेलाई ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । 
 
सोही घटनामा २५ वर्षीय रोशन कन्दङ्वालाई गम्भीर घाइते भई उपचारका लागि झापातर्फ ल्याइँदै गरेको बताइएको छ । झापाबाट पाँचथरतर्फ मे ६ प २४१ नंको मोटरसाइकलमा जाँदै गरेका उनीहरुलाई सडक पेटीमा मोटरसाइकल रोकेर कोल्वुङमा सेल्फी खिंच्दाखिंच्दै बसले ठक्कर दिएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ