arrow

फाल्गुनन्द गोल्डकप : आयोजकको विजयी सुरुवात

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ पुष १५ शुक्रबार
FOOT-Ball-news.jpeg
पाँचथर । पाँचथरको फिदिममा शुक्रबारबाट आठौं अन्र्तराष्ट्रिय टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता शुरु भएको छ । शुक्रबार भएको पहिलो खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लवले विजयी सुरुवात गरेको छ ।
 
फिदिम उच्च माविको खेलमैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा हिमकस्तुरी युथ क्लव सिराहालाई १–० ले पराजीत गर्दै फिदिम स्पोर्टिङले नतिजा आफ्नो पक्षमा पारेको हो ।फिदिम स्पोर्टिङका लागि खेलको दोस्रो हाफको २७ औं मिनेटमा साजन राईले गरेको गोल नै खेलको निर्णायक बन्यो । खेलको म्यान अफ् दि म्याच पनि साजन नै बने ।
 
हिमकस्तुरीका डिफेन्डरले डि एरियाभित्र हेन्ड गरेपछि साजनको पेनाल्टी प्रहार गोलरक्षक सबनम चौधरीले बचाए पनि वल पूर्ण रुपमा नियन्त्रण गर्न नसक्दा पुनः साजनले नै जाली चुमाए । खेलको अन्तिम समयमा डि एरियाभित्र हेन्ड गर्नु नै हिमकस्तुरीले नतिजा फिदिम स्पोर्टिङलाई सुम्पिने कारण बन्यो ।
 
घरेलु दर्शकको साथ पाएको फिदिम स्पोर्टिङले अपेक्षा गरेजस्तो प्रदर्शन गर्न नसक्दा समर्थकमा केही निरासा समेत छाएको थियो । तुलनात्मक रुपमा फिदिम स्पोर्टिङ भन्दा कम समय वललाई आफ्नो नियन्त्रणमा राखेको हिमकस्तुरीले गोल गर्ने वातावरण खासै सिर्जना गर्न सकेन । खेलको दोस्रो हाफमा जर्सी नम्बर १३ सुशील यादवले डि एरिया भित्र सुन्दर अवशर पाए पनि गोल गर्न सकेनन् ।
 
प्रतियोगिताको दोस्रो खेल शनिबार अपरान्ह तीन बजेदेखि साइनो स्पोर्टिङ क्लव मोरङ ११ र डिफेन्डिङ च्याम्पियन कर्णसिं सोनाम स्मृति क्लव ताप्लेजुङ बीच हुने आयोजक संस्थाका अध्यक्ष किरण श्रेष्ठले बताए । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथिको आसनबाट संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ