arrow

रुकुमका पत्रकारले गराए मृगौला परिक्षण

logo
प्रकाशित २०७३ पुष १६ शनिबार
rukum-patrakar.jpeg
रुकुम ।  प्रत्येक नेपालीको मृगौला परिक्षण गर्ने स्वास्थ्य मन्त्रालयको देशव्यापी अभियानलाई प्रचार प्रसार गर्ने तथा पत्रकारहरुलाई स्वस्थ राख्ने उद्धेश्यले  रुकुमका पत्रकारहरुको मृगौला परिक्षण गरिएको छ ।
 
 जिल्ला अस्पताल सल्ले रुकुमको सहयोग तथा प्रेस युनियन रुकुमको आयोजनामा गरिएको निशुल्क मृगौला परिक्षण कार्यक्रममा जिल्लामा क्रियाशिल ४९ जना पत्रकार र अन्य सात जना सर्बसाधारण गरि शुक्रबार ५६ जनाको मृगौला परिक्षण गरिएको प्रेस युनियन रुकुमका कार्यबाहक अध्यक्ष आदर्श केसीले जानकारी दिए ।
 
 मृगौला परिक्षण कार्यक्रमको उद्घाटनमा बोल्दै  जिल्ला स्वास्थ्य कार्यालय रुकुमका प्रमुख डाक्ट राजेन्द्र जिसीले चाडै पत्रकारहरुको झै रुकुमेली  नागरिकहरुको पनि निशुल्क मृगौला परिक्षण गरिने बताए ।हामीले ब्यवस्था गदै छौ अव स्थानिय स्तरमै यहाका नागरिकहरुको निशुल्क मृगौला परिक्षण गरिने छ उहाले भन्नु भयो । रुकुमका प्राय सबै पत्रकारहरुको मृगौलामा कुनै खरावी नभएपनि चार जनाको सामान्य समस्या देखिएपनि जिल्लामा उपचार हुने अस्पतालले जानकारी दिएको छ । 
 
यस अघि नै स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्थानीयस्तरमै निःशुल्क मिर्गौला परीक्षणको व्यवस्था गरिएकाले तत्काल मिर्गौला परीक्षण गर्न सबैलाई आग्रह  गरिसकेका छन् । स्वास्थ्य मन्त्रालयले मिर्गौला परीक्षणका लागि प्रयोग हुने ‘डिपिस्टिक किट’ सबै जिल्लामा पठाइ सकिएकाले त्यसको उपयोग गर्न सबैलाई  आग्रह समेत गरेको छ ।
Displaying 2.JPG
 स्वास्थ्य मन्त्रालयअन्तर्गत, आपूर्ति व्यवस्थापन महाशाखाले गत कात्तिकको दोस्रो साता नै देशभरि पहिलो चरणमा २० लाख जनाको मिर्गौला परीक्षण गर्न पुग्ने गरी किट पठाइसकेको छ । आवश्यकतानुसार अरु पनि किट पठाउन सकिने महाशाखाको भनाइ छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेको किटलाई स्थानीय आवश्यकतानुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पठाउन लगाइएको महाशाखाका निर्देशक भीमसिंह टिंकरीले जानकारी दिए । 
 
पत्रकार महासघ रुकुमका अध्यक्ष गणेश चिन्तन र प्रेस युनियन रुकुमका सस्थापक अध्यक्ष नरेन्द्र केसीले सयुक्त रुपमा मृगौलाको परिक्षण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । प्रेस युनियन रुकुमका कार्यबाहक अध्यक्ष आदर्श केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव दिनेश खड्का र स्वागत मन्तब्य सहसचिव प्रविर ददेलले गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ