arrow

भूकम्पले थलिएको लाप्राकमा नमुना वस्ती बन्न सुरु

logo
प्रकाशित २०७३ पुष १६ शनिबार
maxresdefault.jpeg

गोरखा । गैरआवासीय नेपाली सङ्घ ‍एनआरएनएले (गोरखा) भूकम्पले क्षतिग्रस्त गोरखा लाप्राककाे गुप्सीपाखामा नमुना बस्ती बनाउन निजी आवास बनाउने काम शुरु भएको छ । आवासका लागि अहिले धमाधम घडेरी खार्ने काम अघि बढाएको छ ।

भूकम्प पीडित लाप्राकीलाई सरकारले गुप्सीपाखामा घर बनाउने प्रयोजनका लागि घडेरी उपलब्ध गराएपछि एनआरएनएले अहिले घडेरी खार्ने काम गरिरहेको छ । ६१७ टहरा हटाएर गुप्सीमा घडेरी बनाइएको हो । गुप्सीमा बस्दै आएका लाप्राकी कोही पुरानै गाउँ तथा कोही रिञ्जीलुङतर्फ सरेका छन् ।

लाप्राक पुनःनिर्माणको कामलाई गति दिन एनआरएनएका अध्यक्ष शेष घले नेतृत्वको टोली गत पुस ११ गतेदेखि शुक्रबारसम्म लाप्राकस्थित गुप्सीपाखामा बस्यो । एनआरएनएले पनि आउँदो एक वर्षभित्रमा निजी घर, विद्यालयलगायत सार्वजनिक भवनको निर्माण गर्ने गरी कामलाई तीव्र रुपमा अघि बढाएको हो ।

गुप्सीपाखामै इँट्टा बनाउने मेसिन पुर्याएर निजी आवास निर्माणलाई तीव्र रुपमा अघि बढाउने एनआरएनएको तयारी छ । लाप्राकको सिङ्गो बस्ती एनआरएनएले पुनःनिर्माण गर्ने जिम्मा लिएपछि लाप्राकीले सरकारले दिने भनेको अनुदान रकम लिन पाएनन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ