arrow

फाल्गुनन्द गोल्डकप : कर्णसिहं सोनाम स्मृति क्लव विजयी

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ पुष १६ शनिबार
spots-photo-1.jpeg
पाँचथर । पाँचथरको फिदिममा जारी आठौ टुवोग अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको शनिबारको खेलमा कर्णसिहं सोनाम स्मृति क्लव ताप्लेजुङ विजयी बनेको छ ।
 
शनिबार भएको खेलमा साइनो स्पोटिङ क्लव मोरङ लाई १—०को झिनो गोल अन्तरले पराजित गर्दे ताप्लेजुङ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेलको दोस्रो हाफको १६ औ मिनेटमा खमिर गिल्सन कन्दङवा लिम्वूले ताप्लेजुङको तर्फबाट एक गोल गरेका थिए । जवाफमा मोरङले भने एक गोल पनि फर्काउन सकेन् । आजको खेलको म्यान अफ दि म्याच भने मोरङका बुद्धिमान राई भएका छन् ।
 
प्रतियोगिता अन्र्तगत भोली शेर क्लव कालिम्पोङ भारत र विर्ता यूनाइटेड झापा ११ वीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोटिङ क्लवका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले २ लाख ५० हजार र उपविजेताले १ लाख ५० हजार रुपैया हात पार्ने छन् । प्रतियोगितामा नेपाल,भारत र भुटान गरी १० टिमको सहभागिता रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ