arrow

कपिलवस्तुमा मेलमिलाप दिवस मनाइयो

logo
प्रकाशित २०७३ पुष १६ शनिबार
melmilap.jpeg
 
कपिलवस्तु । ४१ औ राष्ट्रिय मेलमिलाप दिवस कपिलवस्तु सहित देशभर मनाइएको छ । नेपाली काग्रेँसका संस्थापक नेता विश्वश्वर प्रसाद कोइरालाले आज भन्दा ४१ वर्ष पहिले भारत बाट पौष १६ गते नेपालमा आइ मेलमिलापको सिदान्त लिइ  त्यसको सुरुवात गरेको दिनको अवसरमा प्रत्यक वर्ष पौष १६ गते मेलमिलाप दिवस मनाइने गरिन्छ ।
 
 नेपाली काग्रेँस कपिलवस्तुले तौलिहवा स्थित पार्टी कार्यालयमा मेलमिलाप दिवस मनाएको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा वोल्दै कपिलवस्तु क्षेत्र नं २ का सांसद अतहर कमालले लोकतन्त्रको संस्थागत विकास र देशको विकासको लागि वि पी को मेलमिलापको सिदान्त अवाश्वक रहेको औल्याए ।
 
 विगतमा देशमा सहमतिको आधार मेलमिलाप र सहयोग थियो अहिले आएर म र तयो भन्ने भावनाले देशमा सहमति हुन सकेन जसले गर्दा मुलुकमा संकट आउने सम्भावना छ  उनले भने । “ वि पी को मेलमिलापको सिदान्त अगालेर म र त नभनी हामी र हामे भनेर काम गरेमा मात्र देशमा शान्ति र स्थिरता आउछ ” उनको भनाई थियो । 
 
नेपाली काग्रेँरस कपिलवस्तुका कार्यवाहक सभापति अब्दुल कलाम खां को सभापतित्व र सचिव महेन्द्र कुमार पाठकको संचालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पुर्व पार्टी सभापति राजेश आर्चाय, सुधाकर  पाण्डेय, कोषाध्यक्ष शोहरत तेली , जिल्ला सदस्यहरु विरेन्द्र मिश्रा, रउफ अहमद खां, चर्तुभुजमणी त्रिपाठी, हुमकान्त खनाल, प्रोम बहादुर रायमाझी, क्षेत्रिय सभापतिहरु गिजिजेश पाण्डेय, अकेल मिया, महिला संघ सभापति मिना केसी , मलिा समन्यव समितिकी उपाधयाक्ष माधुरी श्रेष्ठ, तरुण दल सभापति शक्ती सिंह ठकुरी , नेपाल प्रेस युनियन सचिव मणि प्रसाद गैह्रे, ने वि संघ सचिव सरस्वती वेल्बासेले मेलमिलाप दिवसको बारेमा बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ