arrow

नयाँ बर्षमा डुटेर्टेको आह्वान : भ्रष्टाचारविरुद्धको लडाईमा सहयोग

logo
प्रकाशित २०७३ पुष १६ शनिबार
Rodrigo-Duterte.jpg.jpeg
मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफ्नो देशका जनतालाई भ्रष्टाचार र दुव्र्यसनीका विरुद्धको लडाईलाई सहयोग गर्न आह्वान गरेका छन् । 
 
“भ्रष्टाचार, दुव्र्यसन, अपराध र हिंसाका विरुद्धमा लड्ने र मुलुकको विकास गर्ने हाम्रो सरकारको अभियानलाई पुर्ण रुपमा सहयोग गर्न म संपूर्ण जनतालाई आह्वान गर्दछु,” नयाँ बर्ष सन् २०१७ को अवसरमा दिएको शुभकामना सन्देशमा उनले भने । 
 
“आउनुहोस्, तपाई हामी सगै काम गरौं, लगानीकर्ताहरुलाई आकर्षण गरौं, जनताका लागि रोजगारीका अवसरहरु सृजना गरौं र काममा रमाऔं,” डुटेर्टेले आह्वान गरेका छन् । 
 
राष्ट्रपति डुटेर्टेलेले शुभकामना सन्देशमा फिलिपिन्सका संपूर्ण जनताको नयाँ बर्ष सन् २०१७ उपलव्धीमुलक र अर्थपूर्ण होस भन्ने कामना पनि गरेका छन् । नयाँ बर्षको अवसरमा जनताकाबीचमा ऐक्वबद्धता, समझदारी, खुशी र आशा बढ्ने विश्वास पनि व्यक्त गरे। सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ