arrow

साफ च्याम्पियनसिपको सेमिफाइनलमै नेपालको भिडन्त भारतसंग

logo
प्रकाशित २०७३ पुष १६ शनिबार
Team-during-Training-(2).jpeg
सिलिगुडी । यसअघिका तीन संस्करणसम्म फाइनलमा भिडेका नेपाल र भारत चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा भने सेमिफाइनलमै भिड्ने भएका छन् । तीन संस्करणसम्म भारत विजेता र नेपाल उपविजेता बनेको अवस्थामा भारतको सिलिगुडीमा जारी चौथो संस्करणमा दुवै टिम सेमिफाइनलमै भिड्न लागेका हुन् ।
 
यो भिडन्तपछि भने जुन टिमले जिते पनि हारे पनि एउटा कीर्तिमान बन्नेछ । भारत पराजित भयो भने तीन पटकको च्याम्पियन सेमिफाइनलबाटै बाहिरिने छ । त्यस्तै नेपाल बाहिरियो भने उपाधि जित्न लालायित नेपाल फाइनलमासमेत नपुगी सेमिफाइनलबाटै बाहिरिने छ । नेपाल फाइनलमा पुग्यो भने उपाधि पक्काजस्तै हुनेछ । 
 
समूह चरणको विजेता बन्दै नेपाल सेमिफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा माल्दिभ्सलाई ९–० ले, भुटानलाई ८–० ले तथा श्रीलंकालाई १–० ले हराएको हो । नेपालको समूहबाट माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । 
 
त्यस्तै भारत अर्को समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । भारतले अफगानिस्तानलाई हराउँदा बंगलादेशसंग गोलरहित बराबरी खेलेको हो । बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 
 
नेपाल र भारतबीचको भिडन्त सोमबार दिउँसो २ः१५ बजे हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ