अर्टाकोए । हतियारधारी आक्रमणकारीले टर्कीको शहर इस्तानबुलस्थित एउटा रात्रि क्लवमा आक्रमण गर्दा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४० बढी घाइते भएको जनाइएको छ ।
नेपाली समय अनुसार आइतबार बिहान ५ः१५ बजे (स्थानीय समयअनुसार राति १ः३० बजे) अर्टाकोएमा रहेको रेयना नामक रात्रि क्लवमा आक्रमण भएको हो।
स्थानीय संचारमाध्यमले दुईजना हतियारधारी ‘सान्टा क्लस’को पहिरनमा क्लब छिरेको र उनीहरुले जथाभावी बन्दुक चलाएको बताइएको छ ।
दुईमध्ये एक हमलाकारी अझै पनि उक्त रात्रि क्लवभित्रै रहेको अनुमान गरिएको छ ।
इस्तानबुल प्रहरी भने अन्य स्थानमा पनि यस्ता घटना हुन सक्ने भन्दै सतर्क भएको छ । १७ हजार प्रहरी सुरक्षाका लागि अटाइएको प्रहरी अधिकारीले जनाएका छन् ।