काठमाडौं । सरकारले सन् २०२२ सम्म नेपालमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य राखे पनि दाह्रामा लाग्ने रोग ‘क्यानिन डिसपेम्पर’ बाधक बन्न सक्ने देखिएको छ। पछिल्लो समय नेपाल र भारतका बाघका दाह्रामा उक्त रोग देखा पर्न थालेको हो ।
यो रोग सन् २०२२ सम्म नेपालमा दुर्इ सय ५० बाघ पुर्याउने लक्ष्य पूरा गर्न बाधक देखिने खतरा औंल्याइएको हो । हाल नेपालमा बाघको संख्या एक सय ९८ छ ।
बाघविज्ञ डा महेश्वर ढकालका अनुसार भारत र नेपालका केही बाघमा सो रोग देखिएको छ । रोग लागेका बाघले सिकार गर्न सक्दैनन् ।
सिकार नगरेपछि बाघको आहारामा कमी हुन्छ । (नागरिक दैनिक)