arrow

कमल थापा सरकारमा जाने, गच्छदारसँग मन्त्रालयको बार्गेनिङ

logo
प्रकाशित २०७३ पुष १७ आइतबार
kamal-and-bijaya.jpg.jpeg
काठमाडौं । संविधान संशोधन विधेयक पारित गराउन र निर्वाचन घोषणाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषदमा राप्रपाका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई ल्याउने तयारी गरेका हुन् । 
 
थपाले उपप्रधानमन्त्रीसहित शक्ति सन्तुलन गर्ने खालको मन्त्रालयको माग गरेका छन् ।   गच्छदार पनि सरकारमा जान तयार छन् । 
 
थापासँग जिज्ञासा राख्दा उनले भने  ‘म अहिले धनगढीमा छु अनौपचारिक रुपमा यसअघि कुरा भए पनि औपचारिक रुपमा कुरा भएको छैन । पार्टीमा यसबारे कुरा गर्न बाँकी छ ।’
 
गच्छदारले सरकारको आलोचना गर्न थालेपछि प्रधानमन्त्रीसँग गच्छदारको मन्त्रालयको विषयमा बार्गेनिङ भइरहेको स्रोतको भनाइ छ । (नेपाल समाचारपत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ