arrow

चेल्सीको विजयी १३ खेलको कीर्तिमान, म्यानचेष्टर सिटी लिभरपुलसंग स्तव्ध

logo
प्रकाशित २०७३ पुष १७ आइतबार
chelsea.jpeg
स्टामफोर्ड ब्रिज । इङलिश प्रिमियर लिग फुटबलमा चेल्सीको विजयी यात्रा १३ खेलसम्म पुगेको छ । निरन्तर १३ खेल जित्ने क्रममा चेल्सीले न्यू इयर इभको राति स्टोक सिटीलाई घरेलु मैदानमा ४–२ ले हरायो ।
Gary Cahill put Chelsea into the lead against Stoke with a header from a corner in the 34th minute of the match 
चेल्सीलाई विजयी गराउने क्रममा विलियनले दुई तथा डिएगो कोस्टा र गेरी काहिलले एक एक गोल गरे । स्टोकका पिटर क्रच र बु्रनोले एक एक गोल फर्काए । 
 
Bruno Martins-Indi bundled the ball over the line at the start of the second half as Stoke pulled level against Chelsea
 
जितसंगै चेल्सी उपाधितिर अगाडि बढेको छ । १९ खेलबाट ४९ अंक भइसकेको छ । दोस्रो स्थानको लिभरपुलको ४३ अंक छ । लिभरपुलले आफ्नो १९ औं खेलमा घरेलु मैदानमा एन्फिल्डमा अर्को उपाधि दावेदार म्यानचेष्टर सिटीलाई हरायो ।
 
यो सबैभन्दा ठूलो खेलमा लिभरपुललाई जिताउन खेलको ८ मिनेटमै जर्जिनिओ विनाल्डमले निर्णायक गोल गरे । 
 
Georginio Wijnaldum gave Liverpool an early leader as he rose high to send a thumping header into the back of the net
 
हारपछि पनि तेस्रो स्थानमै रहेको म्यानचेष्टर सिटीको ३९ अंक छ । 
 
Emre Can (rear) and Adam Lallana celebrate the goal which came in just the eighth minute of the game at Anfield
 
त्यस्तै म्यानचेष्टर युनाइटेडले पनि घरेलु मैदानमा लगातार पाँच जित हासिल गरेको छ । ३६ अंकका साथ छैटौं स्थानमा रहेको म्यानचेष्टर युनाइटेडले मिडिल्स ब्रोलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा २–१ ले हरायो ।
Paul Pogba grabs the Manchester United badge on his shirt after scoring a dramatic late winner against Middlesbrough
म्यानचेष्टरलाई जिताउन एन्थोनी मार्सियल र पल बोग्बाले अन्तिम पाँच मिनेटमा एक एक गोल गरे । यसअघि ६७ औं मिनेटमा ग्रान्टको गोलबाट मिडिल्सब्रोले अग्रता लिएको थियो । 
 
Pogba dances for a section of United fans after popping up with a crucial goal just four minutes from the end of normal time
 
लिगका अन्य खेलहरुमा बर्नलेने सन्डरल्याण्डलाई ४–१ ले, लेस्टर सिटीले वेष्टह्यामलाई १–० ले, वेष्टब्रोमले साउथह्याम्पटनलाई २–१ ले तथा बर्नमाउथले स्वान्सीलाई ३–० ले हरायो । 
 
The £89million midfielder is mobbed by his team-mates after sealing United's fifth successive Premier League victory
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ