arrow

सहकारीको साधरणसभामा नेता र सांसद

logo
प्रकाशित २०७३ पुष १७ आइतबार
news-aa.jpeg

काठमाडौं । बुद्धनगर बहुउद्देश्यीय सहकारी संस्था, काठमाडौंको सातौं वार्षिक साधरणसभामा केन्द्रीय नेता तथा सांसद सहभागि भएका छन् । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र सांसद सोनिया यादव साधारण सभामा सहभागि भएका हुन् । पछिल्लो संस्थाका नियमित साधारण सभामा पनि केन्द्रीय तहका नेता बोलाउने र उद्घाटन गराउने चलन बढ्दै गएको छ ।

साधरणसभाले शेयरधनीलाई पाँच प्रतिशत लाभांस दिने निर्णय गरेको छ । साधरण सभाले अध्यक्ष छन्द पन्थीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कृष्णप्रसाद भट्टराईको आर्थिक प्रतिवेदन पारित गरेको छ । यस्तै, ०७२–०७३ को लेखा परीक्षण प्रतिवेदन पनि पारित भएको छ । ‘एकका लागि सवै र सवैका लागि एक’ भन्ने मूल नारा बोकेको सहकारीले विभिन्न रेमिट्यान्स कम्पनीसँग मिलेर रेमिट्यान्स सम्बन्धि काम पनि गर्दै आएको छ ।

सहकारीमा साधरणसभा हुनेबेलासम्म १८७ सेयर सदस्य रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक सहकारीले ६० लाख ६६ हजार रहेको शेयर पुँजीलाई बढाएर आगामी बर्ष एक करोड पुर्याउने लक्ष्य लिएको छ । साधरणसभासम्म आउँदा सहकारीले ५२ लाख रुपैयाँ लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीले बचत रकम उत्पादनशील क्षेत्रमा लगाउने र रोजगारी बढाउने कुरालाई ध्यान दिएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ