arrow

बुरुन्डीका वातावरण मन्त्रीको गोली हानी हत्या

logo
प्रकाशित २०७३ पुष १७ आइतबार
burundi_3.jpeg
नैरोवी । बुरुन्डीका एक मन्त्रीको राजधानी बुजुम्बुरामा आइतबार बिहानै गोली हानी हत्या गरिएको छ । पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको आतबार हत्या भएको प्रहरी प्रवक्ता पाइर्रे कुरिकियले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिए ।
 
वातावरण मन्त्री स्थानीय समयानुसार मध्यराती १२:४५ बजे आफ्नो घरबाट रोहेरो भन्ने स्थानमा जार्दै गर्दा अपराधिहरुका एक समूहले गरेको आक्रमणमा परी नियोन्कुरुको मृत्यु भएको कुरिकियले ट्विटरमा जानकारी दिएका छन्  ।
 
घटनास्थलबाट प्रहरीले एक जना महिलालाई पनि पक्राउ गरेको उनले जानकारी दिए । राष्ट्रपति पेइर्रे कुरुन्जीजाले पनि मृतकका आफन्त र बुरुन्डीका जनताप्रति सहानूभूती व्यक्त गर्नु हुदै हत्यारालाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गरे।
 
बुरुन्डीमा सन् २०१५ बाट सुरु भएको हिंसाका कारण अहिलेसम्म पाँच सय जनाको मृत्यु भएको छ भने तीन लाख जना विस्थापित भएका छन् । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ