arrow

फाल्गुनन्द गोल्डकप : भारतलाई ७ गोल गर्दे झापा क्वाटरफाइनलमा प्रवेश

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ पुष १७ आइतबार
spots-photo-1.jpeg
पाँचथर।  पाँचथरको फिदिममा जारी आठौ टुवोर्ग फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको आइतबारको खेलमा विर्तामोड यूनाइटेड फुटवल क्लव झापा विजयी वन्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।
 
 आइतबार भएको खेलमा यूनाइटेड फुटवल क्लवले शेयर फुटवल क्लव कालिपोङ भारतलाई ० का विरुद्ध ७ गोलको भारी गोलअन्तरले  पराजित गरेको हो ।
 
झापाको तर्फबाट कर्ण लिम्वु एक्लैले खेल शुरु भएको १२ औ,२४,३८ औ र दोस्रो हाफको १६ औ मिनेटमा गरेर चार गोल गरेका थिए । यस्तै झापाकै तर्फ बाट रनजित श्रेष्ठले पहिलो हाफको २१ र ३५ औ मिनेटमा दुई गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।
 
यस्तै झापाकै तर्फबाट पहिलो हाफको २७ औ मिनेटमा निशान खड्काले एक गोल गरेका थिए । खेल अवधिभर दवावमा परेको कालिम्पोङले भने जवाफमा एक गोल पनि गर्न सकेन् ।  खेलमा उत्कृष्ट प्रर्दशन गरेका झापाका कर्ण लिम्वुनै आजको खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।
 
प्रतियोगिता अन्र्तगत भोली हिमालयन शेर्पा क्लव काठमान्डौ र इलाभेन एरोज दुहवी सुनसरी वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।नेपाल भारत र भुटान गरी १० टिम सहभागि प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैया र उपविजेताले १ लाख ५० हजार रुपैया हात पार्ने आयोजक फिदिम स्पोटिङ क्लवले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ