arrow

पूर्वराजाको चिन्ताले नेताहरुको निदहराम

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
Gyanendra-shaha.jpg.jpeg
काठमाडौं । पूर्व राजपरिवार यतिबेला बैंककमा रहेको छ । बिदाको सदूपयोग गर्दै परिवारका अन्य सदस्यहरु केही समय पहिलदेखि नै बैंकक रहेका अवस्थामा पूर्व राजा ज्ञानेन्द्र शाहको यात्रा पनि बुधबार बैंककमा भएको हो । पुस २८ गते स्वदेश फर्किने गरी बैंकक गएका पूर्व राजाबाट परिवारसंग समयमात्र दिएर हैन कि देशका बारे गम्भीर भएर सोच्ने समय पनि आएको तर्क गर्न थालिएको छ । 
 
एकातिर नालायक नेताहरुको अकर्मण्य अनि अर्कातिर मुलुकको दिनानुदिनको गिर्दो अवस्था । मुलुकको उत्थानका लागि पनि पूर्वराजाले केही कदम चाल्नुपर्छ भन्ने आवाज स्वयं दोस्रो तहका नेताहरुबाट आइरहेकै छ । संविधान संशोधन गरी निर्वाचनमा जानका लागि पनि नेताहरुबीच नेपाललाई पुनः हिन्दू राज्य बनाउने र राजसंस्थालाई एउटा ठाउँ दिन सक्नुपर्नेमा ठूलै छलफल चलिरहेको छ । 
 
गणतन्त्रमा राजसंस्था ? भन्ने प्रश्न बारबार आए पनि राजसंस्था र हिन्दू धर्मले गलत बाटोबाट हिंड्न खोज्नेलाई सही मार्गमा ल्याउन पनि एउटा शक्तिको छायाँ भइरहनु पर्ने तर्क गर्न थालिएको छ । त्यस अर्थमा पनि पटक पटक असफल भइरहेको बहुदलीय प्रणालीमा राजसंस्थाको आवश्यकता खड्किएको छ । यस्तोमा पूर्वराजाले देशबारे चिन्ता जनाउँदा पनि हाम्रा नेताहरु तर्सिन्छन् । 
 
केही समयअघि पूर्वराजाले देशप्रति जनाएको चिन्ताले नेताहरुको निद्रा हराम भयो । नेताहरु चाहन्छन् उनीहरुको काम कार्वाहीप्रति कसैले अवरोध नगरोस् । हुन पनि राम्रो काम गरेको भए पो कसैको सानो अवरोध केही जस्तो लाग्दैन तर नराम्रो अनि विधिको शासन विरुद्ध गरेकाहरुलाई सानो अवरोधले पनि आफू जेलनेलमा जाकिने हुँ कि भन्ने सम्भावना बढ्छ । अहिले नेताहरु त्यस्तै मनस्थितिमा छन् । 
 
पूर्व राजा निकट स्रोत भन्छ, ‘पृथ्वी जयन्तीका अवसरमा आउने संवोधन अझै कडा हुनेछ, हेर्दै जानुस् नेताहरुको हैसियत यही पुसको अन्तिममै देखिने छ ।’ पूर्वराजाले देशप्रति चिन्तित हुने क्रममा केही राजनीतिक भेटघाटलाई तीव्रता दिइरहेका बेलामा देश मासेर खान पल्केका गणतन्त्रवादीहरु त्रसित हुँदै गएका छन् भने नेताहरुको चंगुलबाट सताइएका पूर्व राजावादी एवं देशभक्तहरु भने आशावादी बन्दै गएका छन् । आगे समयको भरोसा ! (जनभावना साप्ताहिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ