arrow

वैदेशिक रोजगार विभागकै कर्मचारीको सेटिङमा मानव तस्करी

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
baideshik-rojgar-bibhag.jpeg
काठमाडौं । वैदेशिक रोजगार विभागकै कर्मचारी र केही म्यानपावर ब्यवसायीले खाडी मुलुकमा घरेलु कामदार पठाउने नाममा ‘मानव तस्करी’ गर्दै आएको खुलेको छ । अवैधानिक ढंगले घरेलु कामदार बनेर खाडी मुलुक जानेलाई निरुत्साहन गर्नुको सट्टा विभागकै कर्मचारी आर्थिक प्रलोभनमा परी मानव तस्करलाई प्रश्रय दिइरहेका छन् ।
 
श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागको संरक्षणमा विभाग मातहतको ताहाचलस्थित काठमाडौं कार्यालयले गैरकानुनी ढंगले श्रम स्वीकृत दिएर मानव तस्करलाई प्रश्रय दिएको हो ।
 
सरकारले नयाँ कामदारलाई घरेलु कामदारमा जान प्रतिबन्ध लगाएका मुलुकमा विभागका कर्मचारीले श्रम स्वीकृत नविकरण (रिइन्ट्री) र बैधानिकरणको (लिगलाइजेसन) का नाममा अनियमितता गरिरहेको स्रोतको दावी छ ।
 
सरकारले कुवेत, ओमान, वहराइन, साउदी, कतारलगायतका मुलुकमा नयाँ घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको छ ।
 
सरकारले घरेलु कामका लागि जान नयाँ कामदारमाथि प्रतिबन्ध लगाए पनि बैदेशिक रोजगार विभागका कर्मचारीको मिलेमतो (सेटिङमा) झुटो विवरण बनाएर स्विकृती दिएको भेटिएको छ । (अन्नपूर्ण पोष्ट दैनिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ