arrow

विद्यालयमा विद्यार्थी आउन छाडेपछि शिक्षक भक्कानिएरै रुन्छन्

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
students.jpeg
काठमाडौं । राजधानी बसन्तपुर नजिकै याट्खाको कन्या माध्यमिक विद्यालयकी आधारभूत तहकी शिक्षक निर्मला श्रेष्ठले पढाउन थालेको ३७ बर्ष भयो । यही विद्यालयमा एउटै कक्षामा ७५ जनासम्म कोचिएर पढ्थे । 
 
विद्यार्थी बढी भएपछि सेक्सनसमेत छुट्टाइएको थियो । दुईसाता अघि उनलाई भेट्न पुग्दा उनी कक्षा ६ मा दुई जनालाई स्वास्थ्य शारीरिक विषय पढाइरहेकी थिइन् ।
 
‘उ बेला कक्षाभरी विद्यार्थी नी पढाएँ, अहिले दुई जना पढाउनु परेको छ,’ उनले भनिन । विद्यार्थी कम दुँदै गएपछि निर्मला कहिलेकाँही भक्कानिएर रुन्छिन् ।
 
विद्यालय र विद्यार्थीका बारेमा कुरा गर्दागर्दै उनी हामीसँग पनि भक्कानिएर रोइन् । ‘हेर्दाहेदै विद्यार्थी घट्यो । विरक्त लाग्छ,’ कक्षामा रुँदै उनले भनिन् ।
 
शिक्षा नियमावलीको मापदण्ड अनुसार एउटा कक्षामा न्यूनतम ४० विद्यार्थी हुनुपर्छ । यही आधारमा सामुदायिक विद्यालय शिक्षक तोकिएका छन् ।
 
तर पछिल्लो समय कैयन स्कुलमा विद्यार्थी घटेर एक–दुई जनामा सिमित हुन थालेपछि यस्तो बेहाल खप्न नसकी कतिपय शिक्षक भक्कानिएर रुन्छन् ।
 
जिल्ला जिल्लामा विद्यार्थी अनुपात सयदेखि हजारभन्दा बढी शिक्षक छन् । दरबन्दी भन्दा बढी शिक्षकका लागि मात्रै राज्यको २ अर्ब २३ करोड खर्च भइसकेको छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ