arrow

मौरिन्हो बहिर्गमनको पहिलो खेलमै चेल्सी विजयी, समर्थक मौरिन्होमय

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
chelsea.jpg.jpeg
एजेन्सी । जारी इङ्गलिश प्रिमियर लिगमा खराब प्रदर्शनले संकटमा परेको डिफेन्डिङ च्याम्पियन चेल्सी प्रशिक्षक जोजे मौरिन्होको बहिर्गमनको पहिलो खेलमै विजयी भएको छ । मौरिन्हो विहिबार मात्रै बर्खास्त भएका थिए । मौरिन्हो बाहिरिएपछि शनिबार राति आफ्नै मैदानमा भएको खेलमा चेल्सीले सन्डरल्याण्डलाई ३–१ ले हरायो ।
 
चेल्सीलाई विजयी गराउन ब्ररानिस्लाभ ईभानोभिच, पेड्रो रोड्रिग्वेज र ओस्कारले एक–एक गोल गरे । सन्डरल्याण्डका फाबिओ बोरीनीले एक गोल फर्काए । मौरिन्होको बर्खास्तगीपछि चेल्सीले यो सिजन सकिदाँ सम्मको प्रशिक्षण जिम्मेवारी गुस हिडीङ्कलाई दिएको छ । हिडीङ्क यसअघि सन् २००९ मा पनि केही महिनाको लागि चेल्सी प्रशिक्षक भएका थिए । चेल्सी समर्थकहरुले शनिबार राति स्टामफोर्ड ब्रिजमा मौरिन्हो अति कुशल प्रशिक्षक रहेको सन्देश लेखेका ब्यार्नर प्रदर्शन गरे । 
Chelsea
 
मौरिन्होलाई चेल्सी समर्थकहरुले सफल प्रशिक्षक भन्दै चेल्सीलाई दिलाएको सफलता र समर्थकको खुसीका लागि धन्यवाद दिएका छन् । उनीहरुले मौरिन्होले गत सिजनको प्रिमियर लिगको ट्रफी चुमेको तस्वीर अंकित प्लेकार्ड र ब्यार्नर प्रदर्शन गर्दा स्टामफोर्ड ब्रिज मौरिन्होमय भयो । 
अब मौरिन्होको ठाउँमा हिडीङ्कले चेल्सीको भविष्य कोर्ने छन् । उनले यो सिजन चेल्सीलाई मौरिन्होको कमि हुन नदिने व्यवस्थापन पक्षको जिकिर छ । 
Chelsea
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ