arrow

डिभोर्स गरेकी रेखा थापाको आमा बन्ने रहर

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
rekha-and-sabin.jpeg
काठमाडौं । नेपालकै चर्चित नायिका रेखा थापाले आमा बन्ने रहर देखाएकी छन् । दाङको घोराहीमा पत्रकारहरु माझ कुरा गर्दै नायिका थापाले आफूलाई पनि सन्तानको आमा हुने रहर जागेको बताएकी हुन् । निर्माता निर्देशक छविलाल ओझासँग केही बर्ष अघि डिभोर्स गरेर एक्लै बस्दै आएकी नायिका थापाले अब विवाह गर्ने समय आएको भन्दै मिल्यो भने केही वर्षमै बैवाहिक जीवनमा बाँधिएर आमा बन्ने बताइन् । तर उनले को सँग विवाह गर्ने भन्ने चाँही खुलाइनन् । 
  
नायिका थापा,चर्चा र विवादमा आइरहने अभिनेत्री हुन् । हालै राप्रपामा प्रवेश गरेकी नायिका थापाले आफ्नो पहिलो तथा अन्तिम पार्टी हुने बताइन् । थापा चार वर्षअघि तत्कालीन एकीकृत माओवादी पार्टी प्रवेश गरेकी थिइन् ।  पार्टी प्रवेशको क्रममा उनले प्रचण्ड जस्तो राष्ट्रवादी व्यक्ति अरु नभेटेको भन्दै प्रचण्डबाट प्रभावित भएको बताएकी थिइन् । त्यस समय उनको प्रचण्डसँगको नृत्यले निकै चर्चा पाएको थियो ।  तर, उनको विगतको प्रवृत्ति हेरेर धेरैले त्यसमा आशंका गरेका छन् । 
 
 छविलाल ओझासँग १० बर्षे बैबाहिक सम्बन्ध टुंग्याएपछि थापाको नाम कलिउडका केहि नायकसँग जोडिए । हिम्मतवाली चलचित्र प्रदर्शनमा आउँदा रेखा थापाले दिएको अन्तर्वार्तालाई आधार मान्ने हो भने सुदर्शन र रेखा बिहे गर्ने मनसायमा रहेको त्यस समय मिडियामा छाएको थियो ।  चलचित्र हिम्मतवाली सफल भएपछि सुदर्शन र  रेखाले केहि महिना अमेरिकामा सँगै बिताएको बताउने गरिन्छ । सुदर्शनका दुवै हात छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ