arrow

आफ्नो रेकर्ड आफै तोड्दै आमिर

आमिरको चलचित्र 'दंगल' ले 'पीके' को तोड्यो रेकर्ड

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
dangals.jpeg
एजेन्सी । बलिउड अभिनेता आमिर खानको चलचित्र 'दंगल' ले आफ्नै चलचित्र 'पेके' को रेकर्ड तोडेको छ । चलचित्रले भारतमा रिलिजको  दिन २९.७८ करोड कमाएको छ भने सोमबार १० औ दिन सम्ममा  २७०.४७ करोड कमाएको छ । 'दंगल' ले विश्व भरबाट कुल ५११.५४ करोड कमाएको छ । चलचित्रले  ५११.५४ करोड कमाउदै बलिउडकै सबैभन्दा ज्यादा कमाउने चलचित्रको सुचिमा छैठौँ स्थानमा रहेको छ ।   
 
सन् २०१४ मा रिलिज भएको 'पीके'ले रिलिजको पहिलो दिन २६ करोड कमाएको थियो । त्यस्तै चलचित्रले १० औ दिन भित्र भारतभर  करिब २५० करोड कमाएको थियो । चलचित्र ७९२ करोड कमाउदै बलिउडकै सबैभन्दा ज्यादा कमाउने चलचित्रको सुचिमा पहिलो स्थानमा छ ।   
 
 फिल्म समीक्षक तरण आदर्शले चलचित्रको कलेक्शन बारे ट्वीट गर्दै लेखेका छन् 'चलचित्रले चाडै भारतमा ३ सय करोडको क्लबमा प्रबेश गर्दैछ ।'
 
 'दंगल' दैनिक कामाइको आधारमा आमिरको चलचित्र  'पीके', 'धूम','थ्री इडियट्स' र 'गजनी' भन्दा अगाडि रहेको छ । 
 
'दंगल' हरियाणाका पहलवान महावीर सिंह फोगाटको जीवनमा आधारित छ । चलचित्रमा महावीर सिंहले समाजमा छोरिहरु प्रतिको नकारात्म दृष्टिकोणलाई तोड्न सफल देखिन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ